मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यज्ञमान कुमाल : अछामबाट नेपालका लागि अन्तराष्ट्रिय क्रिकेट खेल्ने पहिलो खेलाडी

यज्ञमान कुमाल : अछामबाट नेपालका लागि अन्तराष्ट्रिय क्रिकेट खेल्ने पहिलो खेलाडी


अछाम : अछामको साँफेबगर नगरपालिका वडा नं. ७ रिडिकोटका यज्ञमान कुमाल अछाम बाट नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् । उनले मलेसियामा पहिलो पटक कुवेत संग अन्तराष्ट्रिय डेब्यु गरेका थिए ।

एसिसि यू १९ एलिट कपमा कुमालले डेब्युमै दुर्लभ किर्तिमानीको रेकर्ड बनाएका थिए । कुवेत संग कुनै रन नखर्ची पहिलो ३ विकेट लिएका थिए । एलिट कपमा अरु राष्ट्रहरु संग ५ खेल खेलेका थिए भने दुवईमा भएको यू १९ एशिया कपमा समेत यज्ञमानले सहभागीता जनाएका थिए । देश भित्रै भएको राष्ट्रिय खेलमा समेत उनले एपिएफबाट तत्कालिन पुर्वाञ्चल संग खेल्दै एउटै खेलमा ७ विकेट लिएको रेकर्ड समेत छ ।

कक्षा ८ मा पढ्दै गर्दा उनले क्रिकेट खेल्न सुरु गेका थिए । गाँउमा न क्रिकेट मैदान, न खेल्ने सामाग्री । साथीभाईको लहलहमै यज्ञमानले बल र ब्याट समात्दै क्रिकेट संग साईनो जोडेका थिए । प्रयाप्त खेल मैदान नहुनु, खेल्ने सामाग्रीको अभावै अभावका बिच उनको क्रिकेट खेलको यात्रा जारी रह्यो । बिचमा भारत गएको बेला समेत क्रिकेट खेले ।

सुरुमा अछामबाट जिल्ला बाहिर धनगढीमा भएको क्रिकेटमा सहभागी भएका यज्ञमान २०६९ मा धनगढीमै भएको वाईवाई यू १९ को खेलमा तत्कालिन क्षेत्र नं. ६ बैतडीबाट सहभागी भएर खेलकोमा उनको टिमले जित हासिल गरेको थियो । अछाम जिल्लाबाट छनोट भएपछि उनले तत्कालिन क्षेत्र नं. ६ बैतडीबाट सहभागी भएर राष्ट्रिय खेलमा समेत सहभागी भए ।

काठमाडौँमा भएको यू १९ मा सहभागी भएका उनको टिम बैतडीले उपाधि जितेको थियो भने सिनियर टिमको खेलमा भने एपिएफ संग पराजित भएर बैतडीले दोश्रो स्थान भएको थियो । तेही खेल बाट उनि एपिएफका प्रशिक्षकको नजरमा परे । त्यसपछि उनले एपिएफ प्रवेशको अवसर पाए । त्यसयता देश भित्र भएका बिभिन्न राष्ट्रिय खेलमा सहभागी भएका कुमालले सातौँ र आठौँ राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएका थिए । जसमा उनको टिम च्याम्पियन भएको थियो ।