मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आवश्यकताका आधारमा बजेट विनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह

आवश्यकताका आधारमा बजेट विनियोजन गर्न समन्वय प्रमुख कुँवरको आग्रह


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकाको दोस्रो नगर सभाको पहिलो अधिबेशन उदघाटन समारोह सम्पन्न भएको छ । अधिबेशनको उदघाटन गर्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले जनताले अनुभुती गर्ने गरि जनप्रतिनिधिले काम गर्नुपर्ने बताए ।

नगरले बनाएको गुरुयोजनालाई मध्येनजर गर्दै आवश्यकताका आधारमा बजेट विनियोजन गर्न आग्रह गरे । नेपाल कृषि प्रदान देश भएकाले अबको लगानी कृषि तिर बढि हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका अध्यक्ष नगरप्रमुख पदम बहादुर बोहराले नगरको नीति मै टेकेर नगरको बिकास योजनामा अघि बढने जानकारी दिए । जनताको जिवनस्तर माथि उठाउन शिक्षा, स्वास्थ्य, कृषि, वनवातारण, पर्यटन क्षेत्रमा काम गर्ने बताए ।

उदघाटन कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले अबस्था परिवर्तनको मुद्दा सबैको भएकोले त्यहि अनुरुप अघि बढन जनप्रतिनिधिलाई आग्रह गरे । नगरको नीति र कार्यक्रम अनुरुप बजेट केन्द्रीत गर्न सुझाव दिदै जनताको बिचमा गरेका बाचा नभुल्न सकेत जनप्रतिनिलाई आग्रह गरे।

नेपाली काग्रेस अछामका सचिव टक्कर बहादुर शाहले गरिब, असाहय विपन्नका समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्दै अघि बढन सुझाव दिए । नेकपा एकीकृत समाजवादी अछामका सचिवालय सदस्य मोहन शाहले नगरको बिकासका लागि नीति तथा कार्यक्रम अनुरुप अघि सारेका हरेक एजेन्डा पूरा गर्नुपर्ने बताए । हरेक राजनितीक दलका नेताले जिल्लाको बिकासका लागि गुरु योजना सहित अघि बढन आग्रह गरे ।

कार्यक्रममा निवर्तमान नगर पप्रमुख सरिता उपाध्याय, जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्य, सामाजिक बिकास समिति संयोजक बृख बहादुर बोगटी, विधायक समिति संयोजक खगेन्द्र बहादुर रावल, नगरसभा सदस्य दुर्गा प्रसाद भण्डारी, मुगा परियार, मालिका बिकास संघका रतन रावल, पत्रकार नरेन्द्र रावल, एक महिला संजालका मथुरा जयगढी, अपांग समन्वय समिति अध्यक्ष रुद्र विकले शुभकामना मन्तव्य राखेका थिए।

नगर उपप्रमुख संगिता कुमारी रावल सोडारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गरेका थिए ।