मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवस २०७९ का अवसरमा अछाममा बिभिन्न कार्यक्रम सम्पन्न

निजामती सेवा दिवस २०७९ का अवसरमा अछाममा बिभिन्न कार्यक्रम सम्पन्न

नापी कार्यालयका कर्मचारी गोपाल कुवँरलाई उत्कृष्ट कर्मचारी सम्मान


‘दिप प्रज्वलन, सरसफाई, बिरामीलाई फलफुल बितरण, शुभकामना आदानप्रदान र उत्कृष्ट कर्मचारी सम्मान’

अछाम ः निजामती सेवा दिवस २०७९ का अवसरमा अछाम जिल्ला बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । निजामती सेवा दिवस जिल्ला मुल समारोह समिती अछामको आयोजनामा जिल्लामा बिभिन्न कार्यक्रम सम्पन्न भएका हुन् ।

व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नाराका साथ आयोजना भएको सेवा दिवसका अवसरमा भाद्र २० गते देखी २२ सम्म सरकारी कार्यालयमा दिप प्रज्वलन, २१ गते सरकारी कार्यालयहरु सरसफाई, २२ गते जिल्ला अस्पताल र बयालपाटा अस्पतालका बिरामीलाई फलफलु बितरण, शुभकाकमना आदानप्रदान एवंम चियापान तथा उत्कृष्ट कर्मचारी सम्मान लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

जिल्ला प्रशासन कार्यालय अछामका भएको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले कर्मचारी सेवा दिवसको अवसरमा जिल्लामा बिभिन्न कार्याक्रम आयोजना गरी मनाउने निर्णय भए बमोजिम बिभिन्न कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

नापी कार्यालयका कर्मचारी गोपाल कुवँरलाई उत्कृष्ट कर्मचारी सम्मान ।

निजामती सेवा दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मान समेत गरिएको छ । जिल्लाका बिभिन्न ११ सरकारी कार्यालयबाट सिफारिष भई आएका ११ जना मध्येबाट नापी कार्यालयका गोपल कुवँरलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको हो ।

उनलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकिय अधिकृत एवंम सुचना अधिकारी दिपेश रिजालले बताए ।