मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण

निजामती सेवा दिवसका अवसरमा अछामका दुई अस्पतालमा बिरामीलाई फलफुल बितरण


अछाम ः जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालका बिरामीलाई बुधबार फलफुल बितरण गरिएको छ । जिल्ला अस्पतालमा भर्ना भएका २५ बढी र बयालपाटा अस्पतालमा भर्ना भएका ४२ जना बढी बिरामीलाई फलफुल बितरण गरिएको हो ।

जिल्ला अस्पताल अछाममा जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी बिश्व्राज मरासेनी सहितका सरकारी कार्यालय कर्मचारी सहितको टोलीले बिरामीलाई फलफुल बितरण गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमखु बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

यता बयालपाटा अस्पतालमा भने साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा नेतृत्वको सरकारी कर्मचारीको टोलीले बिरामीलाई फलफुल बितरण गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय अछामका भएको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले कर्मचारी सेवा दिवसको अवसरमा जिल्लामा बिभिन्न कार्याक्रम आयोजना गरी मनाउने निर्णय भए बमोजिम आज दुई अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको अधिकृत शर्माले बताए ।

साँफेबगर क्षेत्रमा सेवा दिवसको नेतृत्व साँफेबगर नगरपालिकाले पाए बमोजिम बिरामीलाई फलफुल बितरण र दिउसो मैत्रीपूर्ण भलिबल प्रतियोगिताको समेत आयोजना गरिएको छ । नगरपालिकाका निजामती कर्मचारी र जनप्रतिनिधी बिच मैत्रिपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नाराका साथ आज देशभर बिभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाईदैँ छ ।