मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, जनप्रतिनिधीको टिम बिजयी

निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, जनप्रतिनिधीको टिम बिजयी


अछाम ः निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगर नगरपालिकामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नारा दिईएको दिवसका अवसरमा आयोजना भएको प्रतियोगितामा खेलमा जनप्रतिनिधी बिजयी भएका छन् ।

निजामती कर्मचारीको टिमलाई २-१ ले पराजित गर्दै जनप्रतिनिधीको टिम बिजयी भएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताए । पहिलो सेट जनप्रतिनिधीले जित निकालेका थिए भने दोश्रो सेटमा कर्मचारीले जित निकाले पनि अन्तिम सेटमा फेरी जनप्रतिनिधीले जित हासिल गरे ।

जिल्ला प्रशासन कार्यालय अछामका भएको जिल्लाका कार्यालय प्रमुखहरुको बैठकले कर्मचारी सेवा दिवसको अवसरमा जिल्लामा बिभिन्न कार्याक्रम आयोजना गरी मनाउने निर्णय भए बमोजिम सो कार्यक्रम गरिएको अधिकृत शर्माले बताए ।

यस क्षेत्रमा सेवा दिवसको नेतृत्व गर्ने अवसर पाएको साँफेबगर नगरपालिकाका निजामती कर्मचारीहरुले बिहान बयालपाटा अस्पतालमा भर्ना भएका ४२ जना बिरामीलाई फलफुल बितरण गरेका थिए ।