मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

 के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?

 के हो प्रीमेन्स्ट्रुअल सिन्ड्रोम?


महिलाहरुमा महिनावारी हुनु भन्दा केही दिन अगाडी हुने मुड स्विङ, थकान,चिडचिडापन, खानेकुरा खाई रहन मन लाग्ने र स्तन दुख्ने जस्ता समस्याहरूलाई  प्रीमेन्स्ट्रुअल सिन्ड्रोम भनिन्छ। अनुसन्धानहरुका अनुसार हरेक चार महिलाहरू मध्य तिन जना महिलाहरुले यस्तो समस्याको अनुभव गर्छन्। प्रीमेन्स्ट्रुअल सिन्ड्रोममा शारीरिक र 
भावनात्मक परिवर्तनहरू देखिन्छन्। 

सामान्य उपचार र जीवनशैलीको परीवर्तनले प्रीमेन्स्ट्रुअल सिन्ड्रोमका लक्षणहरू कम र व्यवस्थापन गर्न मद्दत गर्छ।

प्रिमेन्स्ट्रुअल सिन्ड्रोममा अधिकांश महिलाहरूले अनुभव गर्ने लक्षणहरू चर्चा गर्नेछौँ।

भावनात्मक र व्यवहारिक लक्षण
-मूड स्विङ र चिडचिडापन
-तनाव वा चिन्ता
-उदास मूड
– भोक लागिरहने वा के खाम के खाम भईरहने
-निदाउन समस्या 
-एक्लै हुन मन पराउने
– एकाग्र हुन नसक्ने

शारीरिक लक्षणहरू
-जोर्नी वा मांसपेशी दुखाइ
-टाउको दुख्ने
-थकान
-तौल वृद्धि
-पेट फुल्ने
-स्तन दुख्ने
-अनुहारमा डन्डीफोर आउने
-कब्जियत वा पखाला

महिनावारी सुरु हुन भन्दा ४/५ दिन अघिबाट देखिने यी लक्षणहरू महिनावारी सुरु भएको चार दिनभित्र गायब हुन्छन्। यी लक्षणहरूले  कसैकसैको दैनिक जीवनलाई असर गर्न सक्छ। यदी यस्तो लक्षणहरूले तपाईंको स्वास्थ्य र दैनिक गतिविधिहरूलाई असर गरिरहेको छ भने एकपटक डाक्टरलाई देखाउनु पर्छ।

कारणहरू
प्रीमेन्स्ट्रुअल सिन्ड्रोम ठ्याक्कै के कारणले गर्दा हुन्छ भन्ने पत्ता लागेको छैन। तर हर्मोनमा हुने चक्रीय परिवर्तनको कारण, मस्तिष्कमा हुने रासायनिक परिवर्तनहरू र डिप्रेसनको कारणले प्रीमेन्स्ट्रुअल सिन्ड्रोम हुन सक्छ।