मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका आशिष महर भ्वाईस अफ नेपालमा, ब्लाईण्डमा घुमाए चारै कोचका कुर्सी

अछामका आशिष महर भ्वाईस अफ नेपालमा, ब्लाईण्डमा घुमाए चारै कोचका कुर्सी

सिजन ४ को पहिलो श्रृंखलामा चारैजना कोचका कुर्सी फर्काउने महर बने पहिलो सहभागी


अछाम । अछामका आशिष महर भ्वाईस अफ नेपाल सिजन ४ मा पुगेका छन् । जिल्लाको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर डिजिटल अडिसन पार गरेर ब्लाईण्ड अडिशन दिन काठमाण्डौँ पुगेका थिए ।

ब्लाईण्डमा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका हिमाल हिंउ पडिगयो बोलको गित गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् । उनले टिम प्रमोदलाई छनोट गरेका छन् ।

डिजिटल अडिसनमा सफल भएपछि उनलाई भेट्न भ्वाईस अफ नेपालको टिम अछामको मेल्लेख आईपुगेको थियो ।ब्लाईण्डका लागि निम्तो दिएर टिम फर्किएको थियो ।

सिजन ४ को पहिलो श्रृंखलामा चारै जना कोचका कुर्सी घुमाउने उनि पहिलो र एक मात्र सहभागी हुन् । उनको प्रस्तुती देखेर चारै जना कोच पनि प्रभावित भएका थिए । ब्लाईण्डमा सफल भएका महरले अब ब्याटलमा प्रतिष्पर्धा गर्नुपर्नेछ ।

स्टेचमा चढ्दा आफुलाई यति राम्रो माहोल बन्छ भन्ने कल्पना पनि थिएन महर भन्छन् सबै दर्शक र चारै जना कोचको मन जितेकोमा खुशी व्यक्त गरेका छन्।

यस्तो छ महरको संर्घषको कथा ।

दुर्गम अछाम जिल्लामा सानै छदा देखि नै दुख पिडा भोगेर हुर्केका महर गितसंगितमा आफ्नो भबिष्य खोज्दैछन् । बालककै अवस्थामा आफ्ना बुवाको मृत्यु पछि महरको संर्घषको कथा झन पिडादायी बनेको थियो ।

उनका बुवाले गाँउकै मान्छेलाई आफ्नो कमाई खान दिएको जग्जा पछि फिर्ता लिन खोज्दा उनिहरले हड्प्न खोजेपछि झगडा हुदाँ उनका बुवाको मृत्यु भएको थियो । बुवासंगै महरकी आमालाई समेत उनिहरुले घाईते बनाएका थिए ।

त्यो बेलाको शारिरिक र मानसिक यातानाका कारण आफ्नी आमा प्रायजसो निराशामै देख्ने गरेको भन्दै महर भन्छन् अब आमाको मुहारमा खुशी ल्याउने प्रयत्न गर्नेछु ।

बुवाको मृत्यु पछि महरलाई उनकी आमाले नै हुर्काएकी थिईन् । सानै देखि संर्घष र पिडा बुझेका महरको यो पहिलो खुट्किलोको सफलताले आगामी दिनमा सकरात्मक भबिष्य तय गर्ने सम्भावना भने देखिएको छ ।