मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुटिंगको राष्ट्रिय प्रतिष्पर्धाका लागि दोश्रो पटक छनोट भए बोहरा

शुटिंगको राष्ट्रिय प्रतिष्पर्धाका लागि दोश्रो पटक छनोट भए बोहरा


अछाम । गण्डकी प्रदेशको राजधानी पोखरामा हुने ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश स्तरिय छनोट प्रतियोगिता चलिरहेका छन् । सबै प्रदेशमा अहिले धमाधम छनोटका खेलहरु भईरहेका छन् । त्यसै अन्र्तगत सुदूरपश्चिम प्रदेश स्तरिय छनोट प्रतियोगिता कैलालीको धनगढी, टिकापुर र कञ्चनपुरको महेन्द्रनगरमा भईहरका छन् ।

ओलम्पिक खेल सुटिगंको (१० मिटरको एयर राईफल) मा कैलाली र कञ्चनपुरबाट ३ महिला र ३ पुरुष गरी ६ जना छनोट भएका छन् । यस्तै पेस्तोलको शुटिंगमा पनि कैलाली र कञ्चनपुरका ३ जना पुरुष र ३ जना महिला खेलाडी छनोट भएका छन् । जसमा ७ जना कैलाली र ५ जना कंचनपुरबाट छनोट भएका छन् । उनिहरुले सुदुरपश्चिमबाट पोखरामा प्रतिष्पर्धा गर्नेछन् ।

छनोटका लागि कैलाली, कञ्चनपुर र डोटी बिच प्रतिष्पर्धा भएको थियो । प्रदेशको छनोटमा ३ जिल्ला बाट १६ जना पुरुष र १० जना महिला गरि २६ जनाको सहभागिता रहेको थियो ।

अछाम घर भएका जीवन बोहरा समेत एयर राईफलको १० मिटर शुटिंगमा प्रदेशबाट छनोट भएका छन् । २०६८ बाट शुटिंग खेल्न सुरु गरेका बोहरा दोश्रो पटक राष्ट्रिय छनोटमा परेका हुन् । ९ औ राष्ट्रिय खेलकुदको लागि भएको खेलमा बोहराले जिल्लामा पहिलो मेडल र प्रदेशमा दोश्रो मेडल हात पारेका छन् ।

सुरुमा बाँकेबाट खेल्न सुरु गरेका बोहराले यसअघि २०७३ मा बिराटनगरमा भएको राष्टिय खेलकुद प्रतियोगितामा सहभागीता जनाएका थिए । बोहरालाई शुटिंगको पहिलो नेपाली महिला ओल्मपियन खेलाडी पार्वती थापाले प्रशिक्षण दिएकी थिईन् । पाँचौँ र छैटौँमा प्रदेश स्तरीय खेलका बोहराले सातौँमा राष्टिय प्रतियोगितामा सहभागी भएका थिए ।