मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमलाई २१ बर्ष पछि सुटिङमा कास्य पदक

सुदूरपश्चिमलाई २१ बर्ष पछि सुटिङमा कास्य पदक


सुदुरपश्चिम संग आफ्नै सुटिङ पोशाक र हातहतियार नहुदाँ अरु प्रदेशसंग मागेरै प्रतिष्पर्धा ‘

अछाम : सुदुरपश्चिम प्रदेशले २१ वर्ष पछि सुटिङमा कास्य पदक हात पारेको छ । १० मिटर एयर राइफल सुटिङमा सुदुरपश्चिमले कास्य पदक हात पारेको हो ।

यसअघि सुदूरपीश्चमले सो बिद्याको खेलमा कुनै पदक पाउन सकेको थिएन् । ३ जनाको सामुहिक खेलाईने उक्त खेलमा सुदुरपश्चिमले नेपाल पुलिस क्लबलाई पराजित गर्दै तेश्रो स्थान सुरक्षित गरेको हो । सुदुरपश्चिम प्रदेशबाट अछामका जीवन बोहरा, कञ्चनपुरका शंकर दाहाल र सुनिल चन्द सहभागी भएका थिए ।

कुनै प्रशिक्षण र प्रशिक्षण सामाग्री बिना नै सुदुरपश्चिमले उक्त पदक पाएको हो । प्रतियोगितामा तेश्रो स्थान प्राप्त गरेपछि प्रतिक्रिया दिदैँ खेलाडी जीवन बोहरा भन्छन् हाम्रो प्रदेशमा न राम्रो खेल्ने ठाँउ छ । न प्रशिक्षण सामाग्री न प्रशिक्षक छन् तर पनि प्रदेशले यो स्थान पाउनु खुशीको कुरा भएको बताए ।

सुटिङ पोशाक र हातहतियार नहुदाँ आफुहरुले अरु प्रदेशसंग मागेर प्रतिष्पर्धा गरेको उनले बताए । १२ महिना नै तालिम पाएका र सबै सामाग्री भएको पुलिस क्लबलाई हराएर तेश्रो स्थान आउनु चुनौतीपूर्ण भएको खेलाडी बोहराले बताए ।

तर आफुले प्रतिनिधित्व गरेर सुदूरपीश्चमलाई २१ बर्ष पछि तेश्रो स्थान दिलाउन सफल भएकोमा खुशी व्यक्त गरे । पहिलो गोल्ड मेडल नेपाल आर्मी र दोश्रो मेडल बागमती प्रदेशले पाएको थियो ।