मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता हुदै

अछाममा १ लाख राशिको क्रिकेट प्रतियोगिता हुदै


अछाम : नेपालका ४ धाम मध्येको एक वैद्यनाथ धामको प्राङ्गणमा पहिलो पटक १ लाख राशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका स्थित वडा नम्बर १ मा रहेको बैजनाथ क्लवलको आयोजनामा शुभदिपावलीको अवसरमा १ लाख राशिको खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

नेपालका ४ धाम मध्येको एक वैद्यनाथ धामको बाह्य क्षेत्रमा रहेको ठुलो प्रागणमा खेल हुने आयोजक समितिका एकेन्द्र बहादुर शाहले जानकारी दिए ।

जिल्ला भरिका करिब १२ भन्दा बढी टिम दर्ता भईसकेकाले खेलहरु सबै आजबाट सुरु हुनेछन् ।

टिम दर्ता शुल्क १० हजार राखिएको प्रतियोगितामा प्रथमले नगद १ लाख सहितप्रमाण पत्र सहित मेडल, द्धितियले नगद ४० हजार सहित प्रमाण पत्र र मेडल हात पार्नेछ ।