मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा हुने


अछाम – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना गर्ने औपचारिक निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बुधबार बसेको बैठकले दसौं कर्णालीमा २०८१ सालमा गर्ने निर्णय भएको राखेप सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

हरेक पटक आगामी आयोजकको घोषणा गर्दै राखेपले झण्डा हस्तान्तरण गर्ने परम्परा रहँदै आएको छ । नवौं राष्ट्रिय खेलकुदको बिहीबार हुने समापनका दौरान झण्डा हस्तान्तर हुनेछ ।

सदस्य सचिव घिसिङका अनुसार समापनका अवसरमा आयोजनाको मिति नै सार्वजनिक गर्ने सम्भावना रहेको छ ।