मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कप क्रिकेट आजदेखि: उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्दै

प्रधानमन्त्री कप क्रिकेट आजदेखि: उद्घाटन खेलमा एपीएफ र आर्मी भिड्दै


काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लर नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । आजै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशबीच खेल हुनेछ ।

एकदिवसिय फर्म्याटमा हुने प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको छ । कात्तिक २६ सम्म आयोजना हुने प्रतियागितामा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह‘ए’ मा एपीएफ क्लब, आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन् । यस्तै, समूह‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।

प्रतियोगिताको विजेता टिमले दश लाख प्रप्त गर्नेछन् भने, उपविजेताले पाँच लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा सेमिफाइनल पुग्ने टिमहरु र उत्कृष्ट खेलाडी समान ५० हजार प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्दा उदयीमान खेलाडीले १० हजार र ‘प्लेअर अफ दी म्याच’ले पाँच हजार पाउने छन ।