मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेलिभिजनमा प्रशारण भएको त्यो पहिलो विश्वकप

टेलिभिजनमा प्रशारण भएको त्यो पहिलो विश्वकप


पाँचौँ विश्वकप (१४ जुनदेखि ४ जुलाई, सन् १९५४, स्वीट्जरल्यान्ड) चार महादेशका १६ टिमको सहभागिता विजेता :– पश्चिम जर्मनी 

काठमाडौं । पाँचौँ संस्करणको विश्वकप आयोजना गर्ने जिम्मेवारी स्विट्जरल्यान्डले पाएको थियो । लक्जेम्बर्गमा २२ जुलाई १९४६ मा बसेको फिफा बैठकले स्विट्जरल्यान्डलाई आयोजनाको जिम्मेवारी दिएको थियो । 

त्यही बैठकले १९५० को विश्वकप ब्राजिलमा आयोजना गर्ने निर्णय गरेको थियो ।  आयोजक स्विट्जरल्यान्ड र साविक विजेता उरुग्वे स्वतः छनोट भएका थिए । 

बाँकी १४ स्थानमध्ये ११ युरोपका लागि छुट्याइएको थियो ।  दुई अमेरिका र एक एसियाका लागि स्थान छुट्याइएको थियो । 

दक्षिण कोरिया र टर्की, स्कटल्यान्ड, र जर्मनी टुक्रिएपछि बनेको पश्चिम जर्मनीको पहिलोपटक विश्वकपमा सहभागी भए । 

स्कटल्यान्ड सन् १९५० को विश्वकपमा पनि छनोट भएको थियो तर, अन्तिममा नाम फिर्ता लिएको थियो । 

दक्षिण कोरियाका लागि यो विश्वकप विर्सनलायक रह्यो । अघिल्लो संस्करणमा प्रतिबन्धित भएका जापान र जर्मनीलाई यस प्रतियोगितामा छनोट खेल्न दिइएको थियो । 

अघिल्लो संस्करणमा तेस्रो र चौथो स्थान हासिल गर्न सफल स्विडेन र स्पेन दुबै यस संस्करणमा छनोट हुन असफल भए । अर्जेन्टिनाले लगातार तेस्रो विश्वकपमा सहभागी हुन मानेन । 

यही विश्वकपबाट पहिलोपटक खेलहरू टेलिभिजनमा प्रशारण गरिएको थियो । 

युरोपमा हंगेरीको दबदबा थियो । हंगेरीसँगै साविक विजेता उरुग्वेलाई स्विट्जरल्यान्डमा उपाधि दाबेदार मानिएको थियो । 

हंगेरीका महान खेलाडी फ्रांक पुस्कास समूह चरणमा पश्चिम जर्मनीविरुद्धको खेलमा घाइते भएका थिए । तर, नकआउट चरणमा उनी फिट भएका थिए । 

युरोपले विश्वयुद्धपछि पहिलोपटक विश्वकप आयोजना गरेको थियो । त्यसकारण पनि युरोपको सानो मुलुक स्विट्जरल्यान्डमा अघिल्लो संस्करणको जस्तो माहोल थिएन । 

1954b1668426199.jpg

ब्राजिलमा सम्पन्न चौथो संस्करणको फाइनल खेल हेर्न एक लाख ७३ हजार ८५० समर्थक रंगशालामा उपस्थित थिए । 

तथापी रंगशालामा दुईलाख समर्थक उपस्थित भएको भनाई छ ।  यो संस्करण पनि लिगकम नकआउट प्रणालीमा खेलाइएको थियो । 

सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको थियो । 

तर, समूह चरणमा एक टिमले दुई खेलमात्र खेल्ने नियम बनाइएको थियो । र समूहको विजेता र उपविजेताले कुन टिमसँग खेल्ने भन्ने पनि निश्चित थिएन । 

र, एक समूहको विजेताले अर्को समूहको विजेताविरुद्ध खेल्यो । र, उपविजेता अर्को समूहको उपविजेतासँगै खेल्यो । जसको चर्को आलोचना भएको थियो । 

जसका कारण समूह ‘ए’को ब्राजिल र समूह ‘बी’ विजेता हंगेरीले क्वार्टरफाइनलमै प्रतिस्पर्धा गरेको थिए । हंगेरी र ब्राजिलबीचको खेललाई फाइनल सरहको खेल भनिएको थियो । 

तर, यी दुई देशबीचको खेल सहज भने रहेन । मैदानमा दुई टिमका खेलाडीबीच झडप भएको थियो ।  र, रेफ्रीले फाइनल सिटी बजाइसकेपछि पनि दुई टिमका खेलाडीबीच झडप भएको थियो ।

कुल २६ खेल भएको यस विश्वकपमा पश्चिम जर्मनीले हंगेरीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो । 

हंगेरीले दुई शून्यको अग्रता लिएको थियो । तर, पश्चिम जर्मनको उच्च मनोबल र हिलाम्मे मैदानमा हंगेरीको रणनीति सफल हुन सकेन । 

1954c1668426199.jpg

पश्चिम जर्मनीका हेलमट राहनले दुई गोल गरे भने म्याक्सिमिलियन मोरलकले एक गोल गरे हंगेरीका फेरेन्क पुस्कास, जोल्टन जिबोरले गोल गरेका थिए । 

पश्चिम जर्मनीको यो पहिलो उपाधि हो । अष्ट्रियाले उरुग्वेलाई ३–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।

प्रतियोगिताभर १४० गोल भए । औसतमा सबैभन्दा धेरै गोल भएको विश्वकप यही हो । हंगेरीका सान्डोर कोक्सिस सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ११ गोल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:२६