देश

आजबाट कहाँ – कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

अछाम: नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहेको र आज दिउँसो पनि सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लोक सेवामा अवसर गुमाएका १४ जना लाई पञ्चदेवल नगरपालिकाले जागिर दिने
रवि लामिछानेको सांसद पद खारेज
प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिनुपर्ने कांग्रेसभित्र माग
नेपालका दुई युवाको भारतमा अपहरणपछि हत्या, शव नेपाल ल्याइँदै