मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्याडमिन्टन प्रतियोगिताको उपाधि होटल साइनोलाई

व्याडमिन्टन प्रतियोगिताको उपाधि होटल साइनोलाई


अछाम : जिल्लाको साँफेबगरमा आयोजित प्रथम नगर प्रमुख व्याडमिन्टन प्रतियोगिताको उपाधि होटल साइनोले हात पारेको छ । फाइनलमा आयोजक साँफेबगर नगरपालिकालाई पराजित गर्दै होटेल साइनोले उपाधि हात पारेको हो ।

नगरका तर्फबाट खेलाडी सुरेन्द्र कुँवर र कृष्ण कुँवरको जोडिलाई पराजित गर्दै होटेल साइनोका खेलाडी रमेश कुँवर र धिरज रावलको जोडिले उपाधि चुमेको हो । उपाधि जितेको साइनो होटेलले नगद ५१ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्त्यतै उपविजेता भएको आयोजक नगरपालिकाले ३१ हजार सहित मेडल र प्रमाणपत्र हात पारेको हो । त्यस्तै उत्कृष्ट खेलाडी होटल साईनोको रमेश कुँवर भए । प्रतियोगितामा जिल्लाका बिभिन्न २० टिमले प्रतिस्प्रर्धा गरेका थिए । 

नगर खेलकुद विकास समितिको आयोजना तथा साँफेबगर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा साफेबगर अटोपार्टस, सह-प्रायोजकमा होटेल समर्पण र एनजिला पुस्तक पसल रहेका थिए भने बैंकिक पाट्नरमा सांग्रीला बिकाश बैक रहेको थियो .