मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)


माघ २० अर्थात आजको दिन अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर २ विनायकका प्रथम जननिर्वाचित वडा अध्यक्ष पदम बहादुर धामीको हत्या भएको दिन । नगरपालिकाकै केन्द्रविन्दुमा रहेको विनायकका वडा अध्यक्ष धामीले अरु भन्दा भिन्नै पहिचान बनाएका थिए । विनायकलाई नमुना वडा बनाउने हुटहटीकका साथ शिक्षण पेशा त्यागेर राजनितिमा प्रवेश गरेका धामीको सपना फूल्न नपाउँदै ओइलायो । जनताको सेवामा रातदिन नभनी काम गरिरहने धामी आफू निर्वाचित भैसकेपछि निरन्तर जनताको सेवामा तल्लिन थिए ।

सुदूरआजकर्मी दिनेश केसीले तयार पारेको एक रिपोर्ट

पञ्चदेवल विनायक नगरपालिकाले माघ २० गते लाई कालो दिनका रुपमा लिने गरेको छ । वडा नम्वर २ विनायकका तत्कालिन वडा अध्यक्ष स्व. पदम बहादुर धामीको सम्झनामा हरेक बर्षको माघ २० अर्थात आजको दिनलाई कालो दिनको रुपमा लिने गरिएको हो । वडा नम्वर २ विनायकका जननिर्वाचित प्रथम वडा अध्यक्ष पदम बहादुर धामीको मिति २०७६ माघ २० गते हत्या भएको दिनलाई स्मरण गर्दै हरेक बर्ष माघ २० गतेका दिनलाई कालो दिनको रुपमा लिन नगरक्षेमा सार्वजानिक विदा समेत दिइएको छ ।