मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड गुरुकूल माबी लाई

ढकारी गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड गुरुकूल माबी लाई


अछाम: जिल्लाका विभिन्न स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू शुरु भैरहेका छन् । विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै खेलकुदमा अग्रसर गराउने उद्देश्यले विभिन्न पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेका हुन् ।

जिल्लाको ढकारी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड शुक्रबार सम्पन्न भएको छ । बुढासेनमा माघ १८ गते बाट सुर भएको उक्त प्रतियोगीता २० गते सम्पन्न भएको छ । ११ वटा स्थान प्राप्त गर्दै श्री गुरुकूल माबी ढकारी १ ले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।

विभिन्न विधामा खेलाइएका खेलहरु मध्य भलिवल,रिले दौड,१ सय,२ सय,४ सय,८सय मिटरको दौड र लङ जम्पमा प्रथप स्थान ल्याउन सफल भएको श्री गुरुकूल माबीका प्रधानाध्यापक भिम शाहीले बताए ।

आफ्नो विद्यालयका खेलाडीहरुलाई धन्यवाद दिदै लेखापाल सुरेन्द्र बुढाले आगामी दिनमा पनि विद्यार्थीहरुको खेल क्षेत्र सुधारका लागी विद्यालय कटिबद्ध हुने बताए ।

ढकारी गाउँपालिका वडा नम्बर ६ मा रहेको अष्टसिद्धी माबी दृतिय भएको छ भने वडा नम्बर २ मा रहेको कालिका माबी तृतिय स्थान ओगट्न सफल भएको स्थानीय खेलप्रमी पुर्ण देउवाले जानकारी दिए । ढकारीमा भएको रनिङ शिल्ड रेफ्री भरत शाही,गणेश बुढा,कमल कुवँरले खेलाएका थिए ।