मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबिवाह बिरुद्ध म बोल्छु अभियानको सुभारम्भ

बालबिवाह बिरुद्ध म बोल्छु अभियानको सुभारम्भ


अछाम : पन्चदेवल बिनायक नगरपालिकामा “बालबिवाह बिरुद्ध म बोल्छु” अभियानको सुरुवात भएको छ । नगरपालिकाको वडा नम्बर एक स्थित जाल्पेश्वरी माध्यामिक बिधालयका बिद्यार्थीसङ्ग अन्तरक्रिया गर्दै कार्यक्रमको सुरुवात गरिएको हो ।

वडा नम्बर एक का वडा अध्यक्ष दुर्गाप्रसाद तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश बहादुर रावत , पालिकाको महिला बालबालिका शाखा सयोजक भावना शर्मा, बिनायक स्वास्थ चौकीका अनमी लक्ष्मी ढकाल र नगरपालिकाको पोषण शाखा संयोजक हंसराज अधिकारीले सहजीकरण गरेका हुन ।

उनिहरुले बालबिवाह सम्बन्धि कानुनी सजाय, स्वास्थ्य तथा सामाजिक अवस्थाका बिषयमा बिध्यार्थीहरुलाई जानकारी गराएका हुन । कार्यक्रममा जाल्पेश्वरी माबीका बिब्यास अध्यक्ष धर्मराज तिमिल्सैना र शिक्षक लगायतको सहभागीता थियो ।

बालबिवाह बिरुद्ध म बोल्छु अभियान पालिकाको सबै वडामा सन्चालन गरिने महिला बालबालिका शाखा सयोजक शर्माले जानकारी दिईन ।