मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी

अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी


काठमाण्डाै – अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी भएको छ । गएराति शारजहामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तान १८ ओभर ४ बलमा १ सय १६ रनमा समेटियो ।

पाकिस्तान अन्तिम खेलमा विजयी हुँदा शृङ्खला क्लिन स्वीप हुनबाट जोगिएको छ । अफगानिस्तानका आजमतुल्लाह ओमरजाइले सर्वाधिक २१ रन बनाए । पाकिस्तानका इहसनउल्लाह तथा शादब खानले समान ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । पाकिस्तानका सैम अयुबले सर्वाधिक ४९ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक/एक विकेट लिए । पाकिस्तानले तेस्रो खेल जिते पनि अफगानिस्तानले शृङ्खला २–१ ले जितेको छ ।

पहिलो खेलमा अफगानिस्तान ६ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो ।