मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री कप यू-१६ सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिताको उपाधि डडेलधुरालाई

मुख्यमन्त्री कप यू-१६ सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिताको उपाधि डडेलधुरालाई


अछाम: मुख्यमन्त्री कप १६ बर्ष मुनिको सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिताको उपाधि डडेलधुराले जितेको छ।

बिहिबार अछामको बडासैन खेल मैदानमा भएको फाइनल खेलमा डेडल्धुराले अछामलाई ८ विकेट हराउदै उपाधि जितेको हो।टस हारेर फिल्डिङको निम्तो पाएको अछामले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउँदै ११७ रन बनाएको थियोे ।

अछामका लागि रबिन भण्डारीले २६ खकेन्द्र कुँवर १९ युराज कुँवर १६ ज्ञानेन्द्र खत्री र निराजन गौतमले १४ /१४ रन बनाउदा अन्य ब्याटस्म्यानले दोहोरो अंक बनाउन सकेनन् । बलिङमा डडेलधुराका इसान पालले ३,आशिष शाहु र सुवास सिहं रावलले समान २ विकेट लिए।

११८ रनको लक्ष्य पाएको डडेलधुराले ३ विकेट गुमाउदै २२.४ ओभर पुरा गर्यो । डडेलधुराको जितमा सचिन साउदले ७९ बलमा १० चौका हान्दै नटआउट ६७ रनको पारी खेले। बलिङतर्फ अछामका निराजन गौतमले २ र खगेन्द्र कुँवरले १ विकेट लिए।

प्रतियोगिता बिजेता डडेलधुराले ३५ हजार सहित ट्रफी मेडल र उपविजेता अछामले २५ हजार सहित ट्रफी मेडल पाए। प्रतियोगिताका बलिङ तर्फ अछामका युवराज खत्रि उत्कृष्ट हुदा डडेल्धुरा राजेश एर उत्कृष्ट ब्याट्म्यान बने।

बिगतमा सुदूरपश्चिम स्तरीय छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा हुने गरेकोमा पहिलोपटक पहाडी जिल्लामा छनोट प्रतियोगिता भएको हो। मुख्यमन्त्री कप यू १६ सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष किक्रेट छनोट प्रतियोगिता अछाम, डोटी,डडेलधुरा बझाङ,बैतडी , दार्चुला कैलाली कञ्चनपुर सहभागी भएका थिए ।

प्रतियोगिताबाट खेलाडी छनोट गरि सुदूरपश्चिम प्रदेशको १६ बर्ष मुनिको टिम बन्नेछ ।१६ बर्ष मुनिको राष्ट्रिय किर्केट प्रतियोगिता यहि १० गते देखि धनगढीमा सुरू हुदैछ।

0