मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा राष्टिय लेखक दिवस तथा कवी गोष्ठी हुदैँ

मंगलसेनमा राष्टिय लेखक दिवस तथा कवी गोष्ठी हुदैँ


अछाम । जिल्लाको सदरमुकाम मंगलसैनमा राष्टिय लेखक दिवस तथा कवी गोष्ठी हुने भएको छ ।

नेपाली लेखक संघ जिल्ला कार्य समिती अछामको आयोजनामा राष्टिय लेखक दिवस तथा कवी गोष्ठी आयोजना हुन लागेको संघका जिल्ला अध्यक्ष तपेन्द्र घोडासैनीले बताए ।

यहि बैशाख १७ गते अछामको सदरमुकाम मंगलसैनमा नेपाली लेखक संघको दोश्रो जिल्ला अधिबेशन समेत हुन लागेको उनले बताए । सो अवसमा राष्टिय लेखक दिवस बिशेष समारोह तथा कवी गोष्ठीको आयोजना गरिएको उनले बताए ।

उक्त कार्यक्रममा साहित्यप्रेमी तथा नेपाली लेखक संघ प्रति शुबेच्छुक सबैलाई सहभागीताका लागि आमन्त्रण गरिएको नेपाली लेखक संघ अछामले जनाएको छ ।