मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महासंघ केन्द्रको सदस्यता सुद्धिकरण मापदण्ड २०७९ लाई पूर्ण रुपमा लागु गर्ने अछाम शाखाको निर्णय

महासंघ केन्द्रको सदस्यता सुद्धिकरण मापदण्ड २०७९ लाई पूर्ण रुपमा लागु गर्ने अछाम शाखाको निर्णय

पत्रकारीतामा क्रियाशिल नरहेका सदस्यहरुले सदस्यता त्यागेमा सम्मान गर्ने


अछाम : नेपाल पत्रकार महासंघ अछामको बैठक बिभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको परिपत्र अनुसार सदस्यता सुद्धिकरण मापदण्ड २०७९ लाई पूर्ण रुपमा लागु गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

जिल्ला शाखा अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको बैठकले महासंघको साधारण सदस्य हुन ईच्छुक क्रियाशिल पत्रकारहरुका लागि सदस्यताका आव्हान गर्दै जेठ १० गते भित्र आवेदन लिईसक्ने र सदस्यता नविकरणका लागि जेठ १२ गते भित्र आबेदन सहित कागजात लिईसक्ने निर्णय गरेको छ ।

बैठकले मापदण्ड पुगेर आएका नयाँ सदस्यहरुको नामावली जेठ ११ गते र नविकरणका लागि आएकाहरुको नामावली जेठ १५ गते सार्वजनिक गरी प्रदेश र केन्द्रमा समेत पठाउने निर्णय गरेको छ ।

यस्तै केन्द्रको सकुर्ल अनुसार सदस्यता सुद्धिकरण अन्र्तगत महासंघको सदस्य रहेको भएपनि पत्रकारीतामा क्रियाशिल नरहेकाहरुलाई स्वइच्छिक रुपमा सदस्यता त्याग गर्न आव्हान गर्ने र त्यसरी सदस्यता त्याग गर्नेहरुलाई महासंघ अछामको आगामी साधारण सभामा सम्मान गर्ने निर्णय समेत गरिएको महासंघ अछामले जनाएको छ ।

बैठकमा महासंघ अछामका पूर्व अध्यक्ष, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।