मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका प्रमुखलाई प्रश्न : एक बर्षमा जनताले अनुभुत गर्ने गरी के काम भयो ?

पालिका प्रमुखलाई प्रश्न : एक बर्षमा जनताले अनुभुत गर्ने गरी के काम भयो ?

शिक्षा, स्वास्थ्य, कृषीलाई पहिलो प्राथमिक्तामा


अछाम : स्थानिय तह निर्वाचन भएको आज ठिक एक बर्ष पुरा भएको छ । गत बर्ष २०७९ बैशाख ३० गते आजकै दिन स्थानिय तहको निर्वाचन भएर वडा देखि पालिका सम्मका जनप्रतिनिधी निर्वाचित भएका थिए । यो एक बर्षको अवधिमा पालिकामा के के काम भए त, जनताले अनुभुति गर्ने गरी के के काम भए भनेर हामीले पालिका प्रमुखहरुलाई प्रश्न गरेका छौँ ।

पदम बहादुर बोहरा
नगर प्रमुख, मंगलसैन नगरपालिका

मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले आफ्नो दोश्रो कार्याकाल भएको कारणले अघिल्लो ५ बर्षमा सुरु गरेका र अधुरा रहेका योजनाहरुलाई निरन्तरता दिएको बताए ।

दोश्रो कार्यकालको एक बर्ष पुरा भएको अवसरमा बोल्दै नगर प्रमुख बोहराले अघिल्लो कार्यकालमै सुरु भएका पर्यटनका क्षेत्र मालिका, सुरैकोट, भट्टै, धुम्रलोचनी अयारको बण्ड र जनाली झरनालाई थप सुधार गर्न बजेट बिनियोजित गरि काम गर्ने बताए ।
नगरका १४ वटै वडाका जनताको स्वास्थ्यमा सहज पुहँच पुर्याउन स्वास्थ्य चौकी सञ्चालनमा रहेको र ५ वटा स्वास्थ्य चौकी थप गरी त्यहाँ स्वास्थ्यकर्मी तथा कर्मचारी पूर्तिका लागि काम भईरहेको उनले बताए ।

नगरका १४ वटै वडामा शिक्षामा सुधारका लागि राष्टपति शैक्षिक सुधार कार्यक्रम लागु गरि कर्कट पाता विस्थापित अभियान नै सञ्चालन गरेको नगर प्रमुख बोहराले बताए ।

कृषी क्षेत्र सुधार गरी नगरबासीलाई कृषीमा आत्मनिर्भरका लागि कैलाश र चाईरा खोलालाई धान पकेट क्षेत्र, लेकाली भेगमा आलु तथा फलफुल र बर्खेबालीको लागि बस्तीका बिभिन्न ठाँउमा पकेट क्षेत्र घोषणा गरिएको र वडा नं. ६ र ७ लाई भैसी पकेट क्षेत्रलाई नै निरन्तरता दिदै अहिले १४ वटैमा भैसीको लागि पटेक क्षेत्र नै बनाएको उनले बताए । नगर प्रमुख बोहराले भने हामी शिक्षा, स्वास्थ्य, कृषीलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेका छौँ ।

जिल्लाको सदरमुकाम समेत रहेको मंगलसैन बजारलाई व्यवस्थित गर्न कालोपत्रे र डप्गिं साईड व्यवस्थित गर्ने प्रक्रियाका लागि समेत पहल गरिरहेको नगर प्रमुख बोहराको भनाई छ । नगरका सबै वडामा सड्क पुगिसकेको र वडा नं. १३ को साल्पाटामा र बुडाबाडाँको टोलमा यहि आर्थिक बर्ष भित्र सड्क पुग्ने गरी काम भईरहेको उनले बताए ।

यस्तै रुडेकको साझेदारी तथा हेल्भेटासको सहयोगमा घरघरमा धारा पुर्याउने काम र कैलाशखोला लिफ्ट र घट्टेखोला लिफ्ट खानेपानीका लागि समेत काम भएको नगर प्रमुख बोहराको भनाई छ ।

यज्ञप्रसाद ढकाल ।
नगर प्रमुख कमलबजार नगरपालिका

जिल्लाको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले आफु निर्वाचित भएर आईसकेपछि कमलबजार बिमानस्थल, ईलाका प्रहरी कार्यालयको भवन, पालिकाको प्रमुख प्रशासकीय भवन तथा गैरिटाँढ कमलबजार सड्कको कामलाई प्राथमिक्तामा राखेर काम गरको बताए ।

आफु निर्वाचित भएर आईसकेपछि १ करोड रकम बिनियोजित गरेर कमलबजार बिमानस्थलको स्तरउन्नतीको काम अघि बढेको नगर प्रमुख ढकालले बताए । यसअघि स्तरउन्नतीको लागि बजेट बिनियोजित भए पनि काम हुन सकेको थिएन ।
गैरिटाँढ कमलबजार बाँसकाडा सड्क खण्डको कालोपत्रेको टेण्डर भई यसैबर्ष प्रक्रिया सुरु अघि बढेको उनले बताए । ईलाका प्रहरी कार्यालय कमलबजारको भवन निर्माणका लागि समेत ५ करोड ६० लाखको टेण्डर भई काम अघि बढेको नगर प्रमुख ढकालले बताए ।

यस्तै काठमाण्डौँ मेडिकल कलेजसंग समन्वय गरी २ हजार २ सय ४५ जनाले सेवा लिनुका साथै गम्भिर प्रकृतीका ४० जनाको निशुल्क रुपमा शल्यक्रिया सफल भएको बताए । यदि बिरामीले आफ्नै उपचार गर्दा ६० लाख बढी खर्च हुने थियो भने सो रकम जोगिएको बताए । बाढी पहिरोका जोखिममा परेका कमलबजारका १ सय ५० घरपरिवारहरुको बस्ती स्थान्त्ररणको प्रक्रिया समेत आफ्नै पहलमा सुरु गरेको उनले बताए ।

नगर प्रमुख ढकालले शिक्षा, स्वास्थ्य, सड्क, खानेपानी, पर्यटन, कृषी लगायतका क्षेत्रमा समेत नियमित प्रक्रियामा काम भईरहेको र संसथागत सुधारका लागि आफु सधैँ क्रियाशिल रहेको बताए । सदाचारको नितिलाई अवलम्बन गर्ने आवासिय सुबिधा समेत नलिएको र सार्वजनिक बिदाको दिन तथा आफ् आवद्ध पार्टीको काममा समेत नगरको गाडी प्रयोग नगरेको नगर प्रमुख ढकालको भनाई छ ।

प्रकाश साँउद
अध्यक्ष, ढकारी गाँउपालिका अछाम ।

ढकारी गाँउपालिकाका अध्यक्ष प्रकाश बहादुर साँउदले आफु निर्वाचित भएर आईसकेपछि ढकारीका जनतालाई पहिलो प्राथमिक्तामा राखेर काम गरेको बताए । कृषी, शिक्षा, स्वास्थ्य, सड्क, खानेपानी, बिद्युतका आयोजनामा काम गरिरहेका बताए ।

५ बर्ष देखि बन्द रहेको चिउरी प्रशोधन केन्द्रलाई सुचारु गर्दै कृषीमा पालिकालाई आत्मनिर्भर बनाउने गरी काम गरेको अध्यक्ष साँउदले बताए । शैक्षिक सुधार अन्र्तगत बिद्यालयका भवन निर्माणको काम भएको उनले बताए ।

१० शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको र पालिकामा १ जना डाक्टर राख्नको लागि पहल गरिरहेको र असार १ गते देखी नै पालिकामा आँखा अस्पताल सञ्चालनका लागि सम्झौता भएको उनले बताए ।

यस्तै पालिकाका गर्भवति महिलालाई मासिक १ हजार भत्ता दिने निर्णय समेत गरेको र पालिकामा नयाँ भाद्र महिना भित्रै एम्बुलेन्स ल्याईने अध्यक्ष साँउदले बताए । पालिकाका सबै ठाँउमा बाटो पुगेको र नपुगेको ठाँउमा अहिले काम भईरहेको उनको भनाई छ ।

पालिकालाई कृषीमा आत्मनिर्भर बनाउन र बाह्य आयात रोक्नका लागि हरेक कृषकले कुन खेती गर्न चाहान्छन् त्यहि आधारमा कृषीका कार्यक्रम अघि बढाउने निर्णय समेत भएको अध्यक्ष साँउदले बताए । पालिकाका सबै वडामा बिद्युत पुर्याउने लक्ष्य रहेको उनले बताए ।

डम्बर बिसी
अध्यक्ष, तुर्माखाँद गाँउपालिका अछाम ।

तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसीले पालिकामा क्याम्पस बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेका बताएका छन् । कार्यकालको पहिलो बर्षमा आफुले गरेका कामको बारेमा जानकारी दिदैँ अध्यक्ष बिसीले पालिकामा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गरी पूर्ण रुपमा कार्यान्वयन गरेको बताए ।

कर्णाली जल परियोजना संग साझेदारी गरि पालिकामा एक घर एक धारा ६ वटा वडामा ९ योजना निर्माणधिन अवस्थामा रहि असार भित्रै काम सम्पन्न गरिने उनले बताए । पालिकाका जनताको स्वास्थ्यमा सहज पहुँचका २ वटा एम्बुलेन्स सञ्चालनमा रहेको र पालिमा एक्सरे सेवा सुरु गरेको अध्यक्ष बिसीले बताए । यस्तै नाडाको स्वास्थ्य चौकी भवन निर्माणको काम समेत भईरहेको बताए ।

यस्तै पालिकामा माटो परिक्षण गरेर कृषी पकेट क्षेत्र घोषणा गरि त्यहि प्रकारको कृषी खेती गर्ने योजना बनेको उनले बताए । बाँकी रहेका वडामा बिद्युत र सड्क पुरयाउने काम अन्तिम चरणमा रहेको र बिद्यालयका भवन निर्माणका काम समेत भईरहेको अध्यक्ष बिसीको भनाई छ ।