मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व मल्खम च्याम्पिनसिपमा नेपाल तेश्रो स्थानमा

विश्व मल्खम च्याम्पिनसिपमा नेपाल तेश्रो स्थानमा


भारत : विश्व मल्खम फ्रेडेसनको आयोजनामा भारतको असाममा भएको दोश्रो विश्व मल्खम च्याम्पियनसिप २०२३ सम्पन्न भएको छ। प्रतियोगितामा नेपालको प्रदर्शनी उत्साहजनक रहि तेश्रो स्थान हासिल गर्न सफल भएको छ ।

दोश्रो अमिरिका र प्रथम उपाधी भारतले हासिल गरेको छ। नेपालबाट प्रथम पटक सहभागी भइ फाइनल प्रतियोगितामा विभिन्न देशहरुलाइ पछी पार्दै नेपालको तर्फबाट पुरुष खेलाडीको टिमको तर्फबाट बिष्णु बहादुर खड्का, राजकुमार वडारिले विश्वक बरियतामा पांचौ स्थान, र कृतन भट्टराईले छैटौं बरियता हासिल गरे ।

त्यसैगरी महिला टिमको तर्फबाट छैटौ बरियतामा निरु भट्टराई पांचौ न सितास्मा पुडासैनीले उत्कृष्ट प्रदर्शन गरि नेपालले छ बरियतामा आफुलाइ अब्बल प्रमाणित गरेर नेपाललाई तेश्रो स्थान हासिल गराएको हुन। कार्यक्रममा सर्वउत्कृष्ट टिम संरचना गरेकोमा टिम अध्यक्ष सुर्य बहादुर कार्किलाइ विश्व मल्खम महासंघको महासचिव श्रीदेशपान्डेले नेपालको प्रशंसा गर्दै खादा र सम्मान पत्रले संमान गरिएको थियो ।

दोश्रो बिश्व मल्लखम्ब वल्डकप च्याम्पियनसीपको आयोजनामा सहभागीताको लागि राजधानीको मुलपानीमा संचालित सेलेब्रेसन कोवेट एजुकेसनको पिन्सिपल महेन्द्र भट्टराईको मुख्य सहयोग रहेको छ। स्कुलकै मुख्य सहयोगमा अध्यक्ष डा सुर्य बहादुर कर्कीको अध्यक्षतामा १९ सदस्यको जम्बोटोलीले सहभागीता जनाएको थियो ।

कार्यक्रमलाई बुढानिलकन्ठ नगरपालिकाका नगर प्रमुख , कागेस्वरी मनहरा नगरपालिकाको नगरप्रमुख उपेन्द्र कार्की, यसै नगरपालिकाको ८ न वडाको अध्यक्ष हरि भक्त पुडासैनीले खेल सामाग्री उपलब्ध गराएका थिए । संस्थाको बोर्ड सदस्य सुनिता भट्टराईको संयोजकमा २९ जनाको टोलि नेपालबाट बैशाख २४ गते आइतबार भारत प्रस्थान गरेको थियो ।

डा सुर्य बहदुर कार्कीको अध्यक्षतामा नेपाल राष्ट्रिय पुरुष टिमको कोच राम शरण शर्मा , महिला राष्ट्रिय टिमको कोच सुनिता भट्टराई, महा बेवस्थापक सुशील प्रसाईं ,महिला बेवस्थापक सबिता खनाल ,भारती सह कोच मनोज प्रसाद र सौरभ पाल साह सहायक रहेको थिए ।

टिम म्यानेजर सुशील प्रसाइ र सबिता खनालले व्यवस्थापन, खेलाडी महिला समुहबाट सितास्मा पुडासैनी ,निरु भट्टराई ,धनकुमारी थापा ,सेविका कार्की ,आरुसी बिमली ,कार्यश्री खनाल ,बिप्लबी भन्डारी ,पुरुष खेलाडीको तर्फबाट बिष्णु बाहादुर खडका ,राजकुमार वडारी ,कृतन भट्टराई ,सन्दीप महर्जन , उज्वल गिरि ,सरोज सर्मा, खेलमा राम्रो गरेको टिमको प्रमुख कोच रामशरण शर्माले बताए ।

भारतको वेस्ट बंगालमा पांच दिनसम्म चलेको प्रतियोगितामा परिबेक्षक सीता अधिकारी र आयुष अधिकारी रहेका थिए ।