मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाउपडी प्रथा बिरुद्ध दुईदिने जनचेतनामूलक कार्यक्रम तुर्माखाँदमा सम्पन्न

छाउपडी प्रथा बिरुद्ध दुईदिने जनचेतनामूलक कार्यक्रम तुर्माखाँदमा सम्पन्न


अछाम । छाउपडी प्रथा बिरुद्ध दुईदिने जनचेतनामूलक कार्यक्रम तुर्माखाँदमा सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधि ,कर्मचारी, धार्मिक, अगुवा, धामीझाँक्री समुदायका जेष्ठ, महिला ,पुरुष,शिक्षक लगायत सराेकारवाला बिच छाउपडी प्रथा सम्बन्धि जनचेतनामूलक कार्यक्रम भएको ।

महिला बालबालिका बिभागका महा-निर्देशक निरा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि. सि रहेका थिए । अध्यक्ष बि. सिले बिगतका दिनहरुमा पनि यस्ता कार्यक्रम हरु गरिएको तर अझै यस्ता कुप्रथा गाउँ टाेल बस्तीहरुमा सुधार नभएकाे बताए । यसलाई सुधार गर्न सबैकाे साथ सहयाेग कुरीतिहरु हटाउन सकिने बताए

महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय महिला बिकाश अधिकृत गिरा कुमारी बस्नेतले अछाममा छाउपडी प्रथा ब्याप्त रहेकाले कार्यक्रम गरिएको भन्दै यहाँ जनचेतनामूलक कार्यक्रम गरेर टाेल टाेल गाउँ गाउँ प्रभाब पार्न र यस्ता कुप्रथा समाज बाटै हटाउन निर्देशन दिइन्।

कार्यत्रमा बाेल्दै विशिष्ट अतिथि बिमला शाही ले छाउपडी प्रथा पहिले भन्दा केही निर्मुल भयकाे र अझै पनि गाउँ समाजम जति चेतनामूलक कार्यक्रम हरु टाेल टाेल गाउँमा गरिनु पर्ने बताईन ।