मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी

तुर्माखाँद वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी


अछाम ।जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट बाट वडा सरकारले रु १० लाख बराबरको पाईप खरिद गरेको पाइप आफ्ना कार्यकर्ता हरुलाइ बितरण गरिएको भन्दै सोमबार तालाबन्दी गरिएको हो ।

गाउँमा पाइप आवश्यक ठाउँको पहिचान नै नगरी मन चाहिदो ढंगले पाइप बितरण गरिएको आरोप छ ।

आफुहरुले बारम्बार आवश्यकताको पहिचान गरेर मात्रै बितरण गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराउदा समेत पनि    साझा सम्पत्ति लाइ कार्यकर्तामुखी बनाएको पाइएकोले तालाबन्दी गर्न बाध्य भएको नेपाली काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमिति उपसभापति उपेन्द्र बुढाले बताए ।

नेपाली काङ्ग्रेस ,नेकपा माओवादी केन्द्र लगायत सामुहिक गठबन्धन पार्टीको बैठक बसि स्थानीय सरकारले गरेको कार्यप्रति आपत्ति जनाउदै  वाड कार्यालयमा ताला लगाउने निणय गरेको थियो ।

यता वडा अध्यक्ष कासिराम बुढाले गाउँपालिकाले १० लाख रकमको पाइप खरिद गरेर वडा कार्यालयलाई दिएको र वडा कार्यालयले कुनै पुर्वाग्रह नराखी पाइप आवश्यक ब्याक्ती लाई मात्रै उपलब्ध गराएको बताए ।

यो भन्दा पहिले पनि वडा सरकार लाई ध्यानाकर्षण गरिएको थियो ।