मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदमा कृर्षि मेला प्रदर्शनी सँगै कृषकलाई सम्मान

तुर्माखाँदमा कृर्षि मेला प्रदर्शनी सँगै कृषकलाई सम्मान

कृर्षि क्रान्तिका लागी मेहनत गर्न आवश्यक छ : अध्यक्ष बिसी


अछाम : तुर्माखाँद गाउँपालिकाले कृर्षि मेला प्रदर्शनी तथा कृषकलाई सम्मान गरेको छ । गाउँपालिका भित्र रहेका कृर्षक हरूलाई प्रोत्साहन गर्ने तथा उत्पादन कृर्षि सामाग्रीलाई बजारीकरण गर्ने उद्देश्यले आइतबार एक भव्य कार्यक्रमका बिच कृर्षि मेला कार्यक्रम सम्पन्न भएको हो । 

स्थानीय कृर्षि उत्पादनलाई प्राथमिकतामा राखेर जिल्लामा तुर्खाखाँद गाउँपालिकाबाट कृर्षि क्रान्ति गर्ने तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले बताए । 

कृर्षि मेला कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष बिसीले कृर्षि क्षेत्रको विकासका लागी विशेष जोड दिने उल्लेख
गरेका छन् ।

अन्नबाली,फलफूल,मसाला,तरकारी तथा अन्य नगदे वाली प्रदर्शनी गरी विभिन्न स्थान हासिल गर्ने कृषकहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा थप उत्पादनलाई जोड दिन आग्रह गरे ।

तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रशासकीय अधिकृत लोक बहादुर शाही,कृर्षि शाखा प्रमुख भास्कर जोशी लगायतको सहभागिता रहेको थियो ।