मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछममा जघन्य अपराधका २६ मुद्धा

अछममा जघन्य अपराधका २६ मुद्धा


अछाम : जिल्लामा चालु आर्थिक बर्षको हालसम्म २६ वटा जघन्य अपराधका मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार यस आर्थिक बर्षको जेठ सम्मको तथ्यांकमा अछाममा २६ वटा मुद्धा दर्ता भएका हुन् ।

जसमा कर्तव्य ज्यानमा २, ज्यान मार्ने उद्योगमा ४, जवरजस्ती करणीमा ९ वटा मुद्धा दर्ता भएका छन् । यस्तै जवरजस्ती करणी उद्योगमा ५, लागुऔषधमा ५ र हातहतियार खरखजनामा १ मुद्धा दर्ता भएका जिल्ला प्रहरी प्रमुख डिएसपी नायारण डाँगीले बताए ।

डिएसपी डाँगीका अनुसार आर्थिक बर्ष २०७८/७९ मा जघन्य अपराधका २७ मुद्धा दर्ता भएका थिए भने आर्थिक बर्ष २०७७/७८ मा ३१ मुद्धा दर्ता भएका थिए ।

यस्तै बिभिन्न अपराधका १ सय १९ मुद्धा दर्ता भएकोमा ७० मुद्धा फर्छयौट भईसकेका छन् । १ सय ४३ जना अभियूक्त मध्ये १ सय १८ जनालाई प्रहरी प्रक्राउ गरिसकेकको र २५ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।