मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

सुदूर आज

काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दैछ ।

आईसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।

सो खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरूले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।