मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा अध्यक्षले महिलाहरू लाई मौलिक बाजागाजा दिए 

वडा अध्यक्षले महिलाहरू लाई मौलिक बाजागाजा दिए 

मौलिक गीत सङ्गीतलाई तोडमोड गरेको भन्दै तुर्माखाँद गाउँपालिका वडा नम्बर - का वडा अध्यक्ष पदम बि सी द्वारा चिन्ता व्यक्त 


अछाम:  जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर – ४ ले महिलाहरूलाई तीजका सामाग्री वितरण गरेको छ । हिन्दु नारीहरूको महान् चार्ड हरितालिका तीजको अवसरमा वडा नम्बर ४ मा विभिन्न समूहमा रहेका महिलाहरूलाई मौलिक बाजागाजा हस्तान्तरण गरिएको हो । 

पछिल्लो समय मौलिक गीत सङ्गीतलाई तोडमोड गरी अवाञ्छित खाले गीत सङ्गीतले बजार पाएको भन्दै वडाको पहलमा महिलाहरू लाई १५ थान मादल र १५ थान खैंचडी वितरण गरिएको वडा अध्यक्ष  पदम बहादुर बिसीले जानकारी दिए । 

आफ्नो मौलिक परम्परा,संस्कृति लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै वडा अध्यक्ष बिसीले पछिल्लो युवा पुस्तामा मौलिकता प्रतिको जागरण  हराउनु दुखद भएको प्रतिक्रिया दिए । 

यही असोज १ गते तुर्माखाँदमा हुने हरितालिका तीज विशेष कार्यक्रममा महिलाहरूले आफ्नो मौलिकता प्रदर्शन गर्न पनि अध्यक्षले सुझाव दिएका छन् । 

तुर्माखाँद गाउँपालिकाको केन्द्र विन्दुमा रहेको तुर्माखाँद बजारमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गरिएकाले मौलिक बाजागाजा र आफ्नै स्वरमा गीत गाएर नृत्य प्रदर्शन गर्ने महिला समूह लाई विशेष पुरस्कार प्रबन्ध गरेकाेे वडा अध्यक्ष बिसीले सुदूआजलाई जानकारी दिए ।