मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँलाई लक्षित गर्दै तुर्माखाँदमा बजार अनुगमन, पहिलो ४५ वटा पसलमा अनुगमन

दशैँलाई लक्षित गर्दै तुर्माखाँदमा बजार अनुगमन, पहिलो ४५ वटा पसलमा अनुगमन


कमल बुढा, अछाम : दशै तिहारलाई मध्यनजर गर्दै जिल्लाको तुर्माखाँद गाउँपालिकाले बजार अनुगन थालेको छ । यस भन्दा अघि पनि पटक–पटक बजार अनुगमन गरेको पालिकाले सोमबार पनि बजार अनुगनम गरेको हो ।

चाड पर्वको समयमा बजार क्षेत्रमा म्याद नाघेका खाने कुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने र सरसफाई नभएको गुनासो आउन थालेपछि गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको पालिकाका प्रमुख प्रशासकीइ अधिकृत लोक बहादुर शाहीले बताए ।

सोमबार तुर्माखाँद बजार क्षेत्रमा ४५ वटा पसलका १० वटा खाध्य तथा अन्य बस्तुको अनुगमन गरिएको र मूल्य शुचि र साईनबोर्ड नराखेको पसललाई ५ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई ७ दिन भित्र गर्न निर्देशन दिईएको शाहीले बताए ।

बहालमा रहेका व्यापारीलाई घर बहालको १५ प्रतिशत रकम गाउँपालिकामा बुझाउनु समेत सचेत गराइएको पालिकाका सुचना अधिकारी सज्जन बुढालेले जानकारी दिए ।

गाउँपालिकाको निरन्तर बजार अनुगमनको कारणले पहिलेको भन्दा धेरै सुधार आएका सुचना अधिकारी बुढाको भनाई छ । अहिले पनि केही पसलहरुमा म्याद नाघेका अखाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफत गरि नष्ट गरिएको, मुल्य सुची नाखेका पसलहरुलाई तत्काल मुल्य सुची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको गाउँपालिका स्टोर शाखा प्रमुख तपेन्द प्रसाद जैसीले बताए ।

म्याद नाघेका समानहरु झरना एण्ड जनरल स्टोरबाट बिष्कुट ३३ पाल्टा, सुजी २ पाकेट, चिसो फेन्टा ७ बोतल, तिल १० पिस, पापड २ पोका, टफी सानो ठुलो १५ पोका, चिउरा ६ पाकेट, मर्चा २ पाकेट, दिपक किराना पसल बाट सुन्तला टफी १ डिब्बा,अविषेक जनरल स्टोर चिउरा ६ पाकेट, कमल जनरल स्टोर सुजी २४ पोका सहित बिभिन्न पसलहरुबाट जम्मा ११ हजार बराबरको म्याद नाघेका सामानहरु नष्ट गरिएको छ । बजार अनुगमनलाई तिव्रता दिने पालिकाले जनाएको छ ।