मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद गाउँपालिकाद्वारा ६,७,८ नम्वर वडाका पसलमा अनुगमन

तुर्माखाँद गाउँपालिकाद्वारा ६,७,८ नम्वर वडाका पसलमा अनुगमन


कमल बुढा, अछाम |

दशै तिहारलाई मध्यनजर गर्दै तुर्माखाँद गाउँपालिकाले ६,७,८ नम्बर वडाहरुमा अनुगन गरेको छ । अनुगमन संयोजक पालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीको नेतृत्वमा चाड पर्वको समयमा गाउँ टाेलका बजार क्षेत्रमा म्याद नाघेका खानेकुराहरु पाईने, ब्यापारीहरुले मनपरी ढंगले सामानको मुल्य बढाउने गुनासो आउन थालेपछि गाउँपालिकाले वडाहरुका पसलमा अनुगमनलाई तिब्रता दिएको हो ।

मंगलबार तुर्माखाँद गाउँपालिका विभिन्न वडाहरुमा ३० वटा पसलका १५ वटा बिषय बस्तुको अनुगमन गरिएको र मूल्य शुचि र साईनबोर्ड नराखेको पसललाई ५ दिन भित्र राख्न र व्यावसाय दर्ता तथा नबिकरण नगरेकोलाई ७ दिन भित्र गर्नु भनि निर्देशन दिईएको छ ।

तुर्माखाँद गाउँपालिकाकाे ८ वटै वडाहरुमा अनुगमन गरिने निरन्तर गाउँ टाेल बस्तीका बजार अनुगमनको क्रममा अबैध मदिरा ,म्याद नाघेका सामानहरु चेक जाँच गरि नष्ट गरियकाे तुर्माखाँद गाउँपालिका प्रञ्जिकरण शाखा प्रमुख तपेन्द न्याैपानेले जानकारी दिए ।

अहिले पनि केही पसलहरुमा म्याद नाघेका अखाद्य वस्तुहरु भेटिएकाले त्यस्ता सामानहरु जफतगरि नष्ट गरिएको, मुल्य सुची नाखेका पसलहरुलाई तत्काल मुल्य सूची राख्न अनुरोध गरिएको र नबिकरण नगरिएका पसलहरुलाई तत्काल नबिकरणको प्रकृया अगाडी बढाउन निर्देशन दिइएको गाउँपालिका असिस्टेन्ट सव ईन्जिनियर जनक बहादुर रावतले बताए ।

म्याद नाघेका समानहरु बिष्कुट, सुजी चिसाे ,फेन्टा ,चिउरा,खाने सोडा र पसलमा राखेका अबैध दारु लिची सहित बिभिन्न पसल हरुमा ७५०० (सात हजार पाँच सय) बराबरकाे म्याद नाघेका सामानहरु नष्ट गरियकाे छ ।

अनुगमन टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर शाही, अधिकृत प्रेम बहादुर बुढा, पंजीकरण शाखा प्रमुख तपेन्द्र प्रसाद न्याैपाने, पाेषण सहजकर्ता गाेपाल बुढा ,पञ्जिकरण शाखा फिल्ड सहायक मन बहादुर बयक ,हर्क बहादुर बयक प्रहरी चाैकी तुर्माखाँदका ईन्चार्ज गाेपाल शाही, प्रहरी चाैकी भैरवस्थानका ईन्चार्ज राम बहादुर ऐडी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।