मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदको रानीबनमा खुल्ला क्रीकेट प्रतियाेगिताको आयाेजना

तुर्माखाँदको रानीबनमा खुल्ला क्रीकेट प्रतियाेगिताको आयाेजना


कमल बुढा, तुर्माखाँद | “स्वस्थ स्वास्थ्य, दिर्घायु जीवन आत्म परिचयका लागी खेलकुद” भन्ने मुल नाराका साथ तुर्माखाँद गाउँपालिका वडा न.०६ रानीवन (नाउगाडे) मा खुल्ला क्रीकेट प्रतियाेगिता हुने भएको छ | श्री जैसरा देवि स्मृती युवा क्लवको आयोजनामा खुल्ला क्रीकेट प्रतियाेगिता आयाेजना गरिने क्लवका अध्यक्ष जनक बिष्टले सदुर आज डट कम लाई जानकारी दिए

बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा श्री जैसरा देवि स्मृती युवा क्लवको आयोजनामा हुन गइरहेको तेश्रो खुल्ला क्रिकेट प्रतियोगीतामा आ-आफ्नो टिम दर्ता गरिदिनु हुन समेत अध्यक्षले अनुरोध गरेका छन्।

टिम दर्ता: २०८०-०७-०९ गते वेलुका ५:०० बजे सम्म, खेल सुरु २०८०-०७-१० गते विहान १०:०० बज्य तुर्माखांद गाउँपालिका वडा न. ०६ रानिवन, नाउगडेमा उद्घघाटन गरिने क्लवका अध्यक्ष बिस्टले जानकारी दिए |

काेर्ट फि बाफतकाे रकम रु: ४१००(अक्षरुपी एकचालीस सय) ताेकिएकाे समेत उनले जानकारी दिए | प्रथम पुरस्कार रु. ६१,०००(एक्सट्ठी हजार) कप,मेडल र प्रमाण-पत्र”द्वितिय पुरस्कार रु. ३१,००० (एक्तिसहजार) मेडल र प्रमाणपत्र समेत ब्याबस्था गरियकाे छ ।

खेल टेनिस बलले खेलाइनेछ,खेलमा LBW बाहेक अरु सम्पूर्ण ICC को नियम लागू हुनेछ, खेलमा एक्स्ट्रा सहित १५ जना खेलाडी हुनु पर्नेछ | पहिले दिएको खेलाडिको नाम अन्तिम सम्म हुनुपर्नेछ, खेल अवधिभर खेलमा विवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ |

खेलाडीले खान बस्नको ब्यवस्था आफै गर्नुपर्नेछ, खेलाडीले अनिवार्य रूपमा ट्रार्याक, जुत्ता लगाउनु पर्नेछ, खेल मैदानमा खेलाडीले मध्यपान गरि खेलमा प्रबेश गरेमा सो टिमलाई समावेश गराईने छैन । प्रतियोगितामा Man of the match, man of the tournament, Best Bats man, Best Bowler लाई पनि पुरस्कारको ब्यवस्था रहेको छ।