अछाम । नेपाली कांग्रेसका युवा नेता राजन कुँवरले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी दिनु भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अछामबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित कुँवरले पार्टीको केन्द्रीय नेतृत्वमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिनुभएको हो।
अछामजस्तो पछाडि परेको क्षेत्रबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व स्थापित गर्ने उद्देश्यसहित कुँवरले सहमहामन्त्रीमा उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले पार्टीको संगठनलाई थप समावेशी र प्रभावकारी बनाउँदै दूरदराजका क्षेत्र, युवा तथा नयाँ पुस्ताको आवाजलाई केन्द्रीय नेतृत्वमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
१५औँ महाधिवेशनअन्तर्गत अछामबाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित हुनुभएका कुँवरले अब सहमहामन्त्री पदमा उम्मेदवारी दिनुभएको हो। उहाँको उम्मेदवारीसँगै सुदूरपश्चिम तथा पिछडिएका क्षेत्रबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ।
कुँवरले पार्टीभित्र युवा सहभागिता, संगठन सुदृढीकरण, क्षेत्रीय सन्तुलन तथा अवसरबाट पछाडि परेका समुदाय र भूगोलको प्रतिनिधित्वलाई आफ्नो उम्मेदवारीका प्रमुख आधारका रूपमा अघि सार्नुभएको छ।
सहमहामन्त्री पदमा कुँवरको उम्मेदवारीले अछामबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि नयाँ राजनीतिक बहससमेत सुरु भएको छ। स्वच्छ छवि, निडर स्वभाव, प्रष्ट वक्ता र अछामी समाजमा लोकप्रियताको छवि बनाएका युवा नेता कुवँरले स्वतन्त्र रुपमा उम्मेद्धारको मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
को हुन् राजन कुवँर ?
२०४६ सालबाट स्कुल पढ्दै गर्दा राजनिति कार्यक्रममा सहभागी भएका युवा नेता राजन कुवँरले २०४८ सालबाट सक्रिय भएर नेबिसंघबाट राजनितिक यात्रा सुरु गरे । ०४८ सालको राजनितिक परिर्वतन पछि राजनितिमा आकर्षित भएका युवा नेता कुवँरले बिद्यार्थीहरुको हक हितका लागि नेबिसंघमा आबद्ध हुदैँ सक्रिय भएर काम गरे ।
तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्द्धकालमा समेत नेबिसंघको राजनितिमा सक्रिय रहेका युवा नेता कुवँर २०५९ साल देखि २०७० सम्म नेपाल बिद्यार्थी संघ अछामको सफल नेतृत्व गरे । संकट काल देखि २०६२/०६३ को जनआन्दोलनमा समेत सक्रिय सहभागीता जनाएका युवा नेता कुवँरले नेपाली कांग्रेसको १३ औँ र १४ औ महाधिबेशनमा लोकप्रिय मत ल्याएर महासमिती सदस्यमा बिजयी हासिल गरे ।
नेता कुँवरले नेपाल बिद्याथी संघको अध्यक्ष हुदाँ द्धन्द्धबाट ठाडो उठ्न नसेको जिल्लामा “जहाँ स्कुल त्यहाँ नेबिसंघ” भन्ने कार्यक्रम गरेर हरेक स्कुल कलेजहरुमा संगठन निर्माण गरे । द्धन्द्धकालमा राजतन्त्र बिरुद्ध पार्टीहरु नै सड्कमा नआएको बेला कुँवरले आफै आन्दोलनमा उत्रिएर साँफेबगर र मंगलसेनको अभियानको नेतृत्व गरे । बिद्यार्थी संगठन हुदैँ पार्टीको राजनितिमा सक्रिय भएर लागेका कुवर अछामी जनता र युवाको पक्षमा सक्रिय भएर काम गरिरहेका छन् ।
सामाजिक कामका साथै जिल्लाको शिक्षा र स्वास्थ्यमा कुँवरले उल्लेखनीय काम गरेका छन् । बयालपाटा अस्पताल स्थापनामा समेत नेता कुँवरको ठुलो हात रहेको स्थानीय बताउछन । जिल्लाको विकास, सामाजिक न्याय र परिर्वतनका साथै जनताको मुहारमा खुशी ल्याउनु बाहेक मेरो दोश्रो उद्देश्य छैन, उम्मेदार कुवर भन्छन जसका लागि अछामका विकास निर्माण लगायतका अन्य मुद्धालाई सहजै केन्द्रिकरण गर्न मेरो पहल हुनेछ ।
राजनीतिमा भइरहेको व्याप्त नातावाद, कृपावाद, चाकडीवाज तथा हरेक क्षेत्रमा भइरहेको अनियमितता र अत्याचारको विरुद्ध ससक्त खबरदारी गर्न आफ्नो उम्मेद्धारी भएको युवा नेता कुवँरको भनाई छ । राजनीतिमा पुस्ता हस्तान्तरण र आममानिसमा राजनीति प्रतिको वितृष्णा अन्त्य गर्ने अठोटका साथ आफु अघि बढेको उनले बताएका छन् ।














प्रतिक्रिया