मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्वास्थ्य बीमा गराउनेको संख्या ५५ हजार ४८३ पुग्यो

अछाममा स्वास्थ्य बीमा गराउनेको संख्या ५५ हजार ४८३ पुग्यो

स्वास्थ्य बीमामा आकर्षण बढन् थाल्यो


अछाम : गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न थालेको छ । हालसम्म अछाम सहित सुदूरपश्चिम प्रदेशका ५ लाख ४२ हजार ३७३ बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।

गत आर्थिक वर्षमा तीन लाख ५७ हजार ६५ ले स्वास्थ्य बीमा गराएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा ३ लाख ५० हजार ५८२ जनाले स्वास्थ्य बीमा गराएका थिए । सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमश: बढिरहको स्वास्थ्य बीमा बार्डे सुदूरपश्चिमले जनाएको छ ।

गत आर्थिक वर्षभन्दा यो वर्ष स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या १ लाख ८५ हजारले बढेको छ । स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ तथा अछाममा ५५ हजार ४८३ ले स्वास्थ्य बीमा गराएका छन ।

त्यस्तै बझांगमा ३९ हजार ९७३, बाजुरामा ३४ हजार ५८९, बतै डीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६
हजार ३५५, र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएका छन । पुराना बिमित मध्ये करिब ८५ प्रतिशत भन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको प्रमुख रमेन्द्रप्रसाद कुश्वाहले बताए ।

स्वास्थ्य बीमा गराए बिरामी हुँदा सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने गर्छ । स्वास्थ्य बीमामा सहभागी हनु पाँच जना सदस्य भएको परिवारले वाषिर्क ३ हजर ५ सय प्रिमियम तिनर्पुर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्छ ।

बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले स्वास्थ्य बीमामा आकर्षण बढन् थालको छ ।

अस्पतालहरूमा उपचार पाउन सहज हुन थालेकाले बिमा गराउनेको संख्या बढ्न थालेको स्वास्थ्य बीमा बोर्ड कायार्लय सदुरूपश्चिम प्रदेशले जनाएको छ ।