मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला हिंसा बिरुद्धको १६ दिने अभियान तुर्माखादमा पनि सुरु

महिला हिंसा बिरुद्धको १६ दिने अभियान तुर्माखादमा पनि सुरु


अछाम : महिला हिँसा बिरुद्घ काे १६ दिने अभियान देशैभर सुरु भएको छ | लैङ्गकि हिँसा अत्यकाे सुनिश्चिता, महिला र बालबालिका लागि ऐक्यबद्धता भन्ने मुल नाराका साथ सुरु भएको १६ दिने २०८० तुर्माखाँद गाउँपालिकामा पनि सुरु भएकाे हो ।

आइतबार तुर्माखाँद गाउँपालिकाका उपाध्यक्ष बिमला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा तुर्माखाँद गाउँपालिका निबर्तमान उपाध्यक्ष अमृता बुढा, तुर्माखाँद गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा ,कार्यपालिका सदस्य झंकर नेपाली ,वडा सदस्य राेशना बि. क , नेपाली काँग्रेस का म कविराम बयक ,नेकपा एमाले पाटी प्रतिनिधी निर्मला धमाला , माओबादी केन्दका पाटी प्रतिनिधी गणेश शाहीले शुभकामना मन्तब्य राखेका थिए |

कार्यक्रममा विभिन्न पाटी का प्रतिनिधी समाजसेवी ,तुर्माखाँद गाउँपालिका बिभिन्न शाखाका शाखा प्रमुख कर्मचारीहरुकाे सहभागिता रहेको थियो |

कार्यक्रम संञ्चालन महिला बालबालिका शाखा प्रमुख जनक थापाले गरेका थिए |