मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै

साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै


साँफेबगर । अछाम जिल्लाको प्रमुख व्यापारीक केन्द्र साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिने भएको छ। सम विकास नेपालको आयोजना र जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सह–आयोजनामा मंसिर १९ गते २२ गतेसम्म महिला भलिबल प्रतियोगिताको आयोजना हुन लागेको छ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर प्रतियोगिताको आयोजना हुन लागेको सम विकास नेपालका अध्यक्ष सत्य स्वाँरले जानकारी दिनु भयो। महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्ने लागेको अध्यक्ष स्वाँरले जानकारी दिनु भयो।

महिला हक, अधिकारसंगै गाउँ घरमा लुकेका प्रतिभाको खोजीको लागि पालिका स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिताको आयोजना हुने सम विकास नेपालका कार्यकारी निर्देशक पशुपती कुँवरले जानकारी दिनु भयो। महिला अभाव भई रहेको अवस्थामा महिला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो।

प्रतियोगितालाई सफल पार्न अछाम जिल्लाका १० ओटै स्थानीय तहहरुको सहयोगकोे अपेक्षा गरिएको उहाँको भनाई रहेको छ। प्रतियोगितामा सहभागि टिमका खेलाडि स्थायी रुपमा पालिकामा वसोवास भएको हुनु पर्ने, सम्बन्धित पालिकाले सिफारिस, खेलाडीको परिचय खुल्ने कागजपत्र अनिवार्य हुनु पर्ने, एक टिममा १२ जना खेलाडीको सहभागिता गराईने, खेल अवधि भर खेलाडीको खाना र बस्नको व्यवस्था सम्बन्धित टिमले गर्नु पर्ने नियम रहेको संस्थाका उपाध्यक्ष दुधकला विष्टले जानकारी दिनु भयो।

भलिबल प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय हुने टीमले ८० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, तृतीय हुने टीमले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र र सान्त्वना हुने समुहलाई २० हजार नगद सहित प्रमाण–पत्र पाउने आयोजक संस्थाका अध्यक्ष स्वाँरको भनाई रहेको छ।