मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्ष पनि उत्कृष्ट भलिबल खेलाडीमा ओमराज बाेहाेरा 

यस वर्ष पनि उत्कृष्ट भलिबल खेलाडीमा ओमराज बाेहाेरा 

महिला भलिबल तर्फ दिलसरा भण्डारी लाई उत्कृष्ट उपाधि


अछाम: पञ्चदेवल विनायक नगरपालिकाको उत्कृष्ट भलिबल खेलाडीको पदवी ओमराज बोहोराले पाएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकामा भएको १४ औँ राष्ट्रपति रनिङ्ग शिल्डको भलिबल खेलबाट वडा नम्बर ९ कालेकाँडामा रहेको शारदा माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १५ वर्षीय ओमराज बोहोरा उत्कृष्ट भलिबल खेलाडी छनोट भएका हुन् ।

सानै उमेरमा थुर्पै नगरस्तरीय खेल समेत खेलिसकेका १५ वर्षीय बोहाराले भलिबल यस वर्ष पनि  खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत भलिबलको उत्कृष्ट पदवी पाएका हुन् ।

शारदा माविको टिम क्याप्टेनको भूमिकामा रहेका बोहोराले सबै दर्शकहरूको मन जित्न सफल भएका थिए ।

यस्तै छात्रा भलिबल तर्फ उत्कृष्ट भलिबल खेलाडीको उपाधि धनवन्तरी मावि ताेलिका दिलसरा भण्डारीलाई दिइएको छ । 

उत्कृष्ट भलिबल खेल प्रदर्शन गर्ने सानै उमेरकी दिलसराले थुप्रै नगर तथा जिल्ला स्तरीय भलिबल खेल खेलिसकेकी छन् ।