मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि यस वर्ष पनि धनवन्तरी मावि ताेली लाई 

राष्ट्रपति रनिङ्ग शिल्डकाे उपाधि यस वर्ष पनि धनवन्तरी मावि ताेली लाई 

खेलकुदमा लगानी गर्ने नगरप्रमख चलाउनेकाे प्रतिबद्धता


अछाम । पञ्चदेवल विनायक नगरपालिकामा भएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा धनवन्तरी मावि तोली प्रथम भएको छ । विभिन्न विधामा भएको खेलमा १० वटा विधामा प्रथम भएर धनवन्तरीले शिल्ड जितेको हो । छनौट प्रतियोगितामा भवानीदेवी मावि पुल्लेतोला द्धतिय भएको छ भने विद्यामन्दिर नमुना मावि तृतीय भएको छ । 

यस वर्ष सँगै धनवन्तरी माविले लगातार ३ वर्ष शिल्ड जितेको छ । 

पौष १४ गतेदेखि सुरु भएको खेलमा पालिकाका १२ वटा माद्यामिक विद्यालयका खेलाडीहरूले प्रतिस्पर्धा गरेका हुन । विभिन्न विधामा प्रतिस्पर्धा गर्दै भवानी देवि मावि द्वितीय भएको छ भने पालिकाको उच्चतम विद्यालय विद्यामन्दिर नमुना माविले तृतीय स्थानमा चित्त बुझाएको हो ।

सम्पन्न भएका विभिन्न खेल मध्य छात्रा तर्फको उत्कृष्ट खेलाडीको उपाधि धनवन्तरी मावि तोलीकी छात्रा दिलसरा भण्डारी र छात्र तर्फको उत्कृष्ट खेलाडीको उपाधि शारदा माविका खेलाडी ओमराज बोहराले प्राप्त गरे । 

समापन समारोहको समापन गर्दै नगरप्रमुख अम्बिका चलाउनेले यस वर्षको जिल्ला स्तरीय शिल्ड आफ्नो नगरपालिकाले जित्ने विश्वास व्यक्त गरिन । उनले आगामी दिनमा नगरपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धिका लागी नगरपालिकाले योजना बनाएर काम गर्ने बताइन । 

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले गरेका थिए । 

(उल्लेखित समाचारमा यस अघि सुचना स्रोतको कमजोरीका कारण बिबरणमा फरक परेकोले सच्याइएको छ -सम्पादक)