मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामारोशन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


अछाम –अछामको रामारोशन गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । रामारोशन गाउँपालिका –५ को पातल माविमा सुरु भएको राष्टपति रनिन शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउदले गरेका हुन् ।

रमारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद विशिष्ट अतिथि रहेको उद्घाटन कार्यक्रममा रामारोशन गाउँपालिका भित्रका माध्यामिक विद्यालयको प्रतियोगितामा सहभागिता रहेको छ ।

आफ्नै गृह प्रदेशमा आइपुगेका मन्त्री साउदले यो क्षेत्रको शैक्षिक र खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताए ।

कार्यक्रममा खेलाडी विद्यार्थीलाई शुभकमना दिँदै मन्त्री साउदले जिल्ला हँुदै प्रदेश र केन्द्रसम्म रामारोशनका विद्यार्थी खेलाडीको प्रतिभा देखिन पाइने विश्वास व्यक्त गरे । मन्त्री साउदले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर साउदले पालिकाले खेल क्षेत्रका लागि विशेष सहयोग गर्ने बताए ।

गाउँपालिकाबाट छनोट भएर जिल्लास्तरिय प्रतियोगितासम्म पुग्ने खेलाडी टिमलाई शुभकामना दिँदै साउदले गाउँपालिका नै जिल्लास्तरिय प्रतियोगिताको उपाधि ल्याउने गरि तयारी गर्न उनले खेलाडी विद्यार्थीलाई आग्रह गरे ।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प लगायतका खेल समावेश गरिएको छ ।