मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृहत खेल मैदानलाई नमुना बनाउछु : नगर प्रमुख बोहरा

बृहत खेल मैदानलाई नमुना बनाउछु : नगर प्रमुख बोहरा


अछाम : मंगलसेनमा पालिका स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहिबार बाट सुरुभएको छ । सामाजिक विकास समितिका संयोजक तथा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले मंगलसेन नगरपाकिकाले निर्माण गरेको बहृत खेल मैदानलाई जिल्लाकै नमुना खेल मैदान बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

मंगलसेनमा एक सुविधासम्पन्न खेल मैदानको आवश्यक्ता भएकाले अहिले निर्माण भईरहेको खेल मैदानको यसको स्तरोन्ती गरि नमुना बनाउन तर्फ लाग्ने प्रतिबद्धता दोहो¥याउनु भएको थियो । आफुलाई प्रदेश र संघ सरकारले सहयोग नगरपनि नगरपालिकाको आफ्नै लगानी बाट भएपनी मंगलसेन बृहत खेल मैदान निर्माण गरि अन्य आवश्य संरचना समेत निर्माण गर्ने नगर प्रमुख बोहराको भनाई रहेको छ ।

नगर प्रमुख बोहराले खेल क्षेत्र भनेको कुनैपनी ठाउको पहिचान र अस्तीत्व जोगाउने क्षेत्र भएकाले यसको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताउनु भएको छ । नेपालीहरुले आफ्नो कठोर मेहनत बाट विश्वको खेल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाले अछामका खेलाडीहरुले पनि जिल्लाको शिर उच्चो राख्ने गरि खेल खेल्नुपर्ने बताउनुभयो ।

राज्यले खेल क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको र देशको फेरबदल भईरहने राजनितिको कारणले पनि खेल क्षेत्रको विकास हुन नसकेको भन्दै यसका बाबजुत पनि उच्च मनोबलका साथ आफ्नो खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभएको छ ।

आफु जहिले यस क्षेत्रको वकास हुनुपर्छ भन्ने भावना भएको जनप्रतिनिधि भएकाले आगामी दिनमा पनि निरन्तर लागी रहने बताउनुभयो । आफु जहिले पनि बोलेको प्रतिबद्धता पुरा गर्ने जनप्रतिनिधि भित्र पर्ने दाबी गर्दै नगर प्रमुख बोहराले गत बर्षको पालिका स्तरिय प्रतियोगितामा अर्को बर्ष मंगलसेनमै र आफ्नै खेल मैदानमा प्रतियोगिताको आयोजना गर्ने भनि जनाएको प्रतिबद्धता यसपालि पुरा गरेको बताउनुभयो ।

मंगलसेन नगरपालिकाले पालिकामा बृहत खेल मैदान निर्माण गरेकाले आगामी दिनमा यो खेल मैदानको स्तरोन्नती गर्दै सबै किसिमका खेलहरु यही मैदानमा खेलाउने प्रतिबद्धता जनाउनु भएको थियो ।

मंलसेनमा खेल सम्बन्धीका कुनैपनी गतिविधि गर्दा खेतीपाती कुर्नुपर्ने भएकाले अब देखी त्यो बाध्यताको अन्त्य हुने विश्वाश ब्यक्त गर्नुभएको छ । यसभन्दा अघि पालिका स्तरि या जिल्ला स्तरिय प्रतियोगतिा संचालान गर्दा विद्यालयको पठनपाठन बन्द हुने गरि प्रतियोगिता संचालन गर्नुपर्ने बाध्यता थियो अब भने त्यो बाध्यता हटेको बताउनुभयो ।

पछिल्लो समयमा खेल क्षेत्रमा पनि विभिन्न किसिमका विकृतिहरु देखिन थालेकोमा चिन्ता ब्यक्त गर्दै नगर प्रमुख बोहराले खेलाडीमा कडा अनुसाशन हुनुपर्ने बताउनुभयो । खेल क्षेत्रमा हुने अनावश्यक राजनितिले खेलाडीहरुको मनोबल कमजोर हुने भएकाले यस तर्फ हामी सबैजना सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

खेलाडीहरुमा पनि लगनशिलता र कृयाशिलता हुनुपर्ने भन्दै उहाले खेल खेलाडीको विकासका लागी आफुहरु प्रतिबद्ध भएको बताउनुभयो । खेलाडीहरु अनुशासीत हुनुपनी उतिकै आवश्यक भएको नगर प्रमुख बोहराले बताउनुभयो । जब खेलाडी अनुसाशित हुदैनउसले जस्तो सुकै उपाधी हासिल गरेपनी त्यो असल खेलाडी भित्र नपर्ने नगर प्रमुख बोहराको भनाई थियो ।

पालिका स्तरिय यो प्रतियोगितालाई सफलता पुर्वक ढंगले सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ । कार्यक्रममा उप प्रमुख संगीता रावल सोडारी, प्रमुखजिल्ला अधिकारी सरद कुमार पोखरेल, सुरक्षा निकायका प्रमुख, १४ वटै वडाका अध्यक्षहरु, राजनितिक दलका पदाधिकारी, शिक्षकहरु, सामाजिक संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन समारोहको संचालन शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो । यस्तै आज पहिलो दिन भएको पालिका स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेक्टीक्स तर्फको छात्र छात्राको ३ हजार मिटर दौड सम्पन्न भएको छ । पालिकाका १४ वटै वडामा रहेका माध्यामिक विद्यालयका विद्यार्थिहरुको सहभागिता रहेको प्रतियोगितामा २ सय मिटर र ४ मिटरको पहिलो चरणका खेल सम्पन्न भएका छन । छात्राको २ सय र छात्रको ४ सय मिटर दौडको शुक्रबार फाईनल खेल हुने आयोजनकले जनाएको छ । बिहिबार सम्पन्न भएको ३ हजार मिटर दौडमा छात्र तर्फ षोडशा माध्यामिक विद्यालयका लक्की बोगटी र छात्रा तर्फ गंगा माध्यामिक विद्यालयकी छात्रा सरिता भण्डारी प्रथम भएका छन । अन्य विधाका खेलहरु शुक्रबार बाट सुरु हुने शिक्षक बिक्रम सिं बिष्टले जानकारी दिनुभएको छ । प्रतियोगिता सुरु हुदा विभिन्न विद्यालय बाट आएका विद्यार्थिहरुले आ आफ्नो टिमका पक्षमा हुटीङ गरेर खेलाडीहरुको हौसला बढाएका थिए । प्रतियोगितालाई सफल पार्नका लागि पालिका भरीका सम्बन्धीत विद्यालयका खेल प्रशिक्षक शिक्षकहरु सहित विद्यार्थिहरुको सहभागिता रहेको छ भने अन्य खेलाडी विद्यार्थिहरुको पनि सहभागिता रहेको छ । मंगलसेनमा पालिका स्तरिय प्रतियोगिता संचालन भएपछि विद्यार्थि र शिक्षकहरुले मंगलसेनको चहल पहल बढेको छ भने एक साता पछि सुरु हुने जिल्ला स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारपनी व्यापक रुपमा भईरहेको जिल्ला खेलकुद विकास समिति अछामले जनाएको छ ।