मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसुन्धरा मावी भैरवस्थानको ४८ औ अभिभावक भेला तथा वार्षिकोत्सव सम्पन्न

बसुन्धरा मावी भैरवस्थानको ४८ औ अभिभावक भेला तथा वार्षिकोत्सव सम्पन्न

पालिका अध्यक्ष बीसीद्धारा आफुले पाउने सेवा सुबिधाबाट बिद्यार्थीलाई पुरस्कार


अछाम : तुर्माखाँद गाँउपालिका वडा नं. ३ मा रहेको श्री बसुन्धरा माध्यमिक बिद्यालय भैरवस्थानको ४८ औ अभिभावक भेला तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । बिद्यालय व्यावस्थापन समितिका अध्यष दल बहादुर बिसीको अध्यक्षतामा भएको समारोहमा अछाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननिय पुष्प बहादुर शाह प्रमख अथिति रहेका थिए ।

प्रमुख अतिथि शाहले ४८ औँ अभिभावक भेला तथा बार्षिकोत्सव समाहरोहको उद्घाटन गर्दै बिद्यालयको सर्वागिण विकासका लागि आफ्नो तर्फबाट सधै पहल गर्ने बताए । आफु सधैँ जनता र समाजको साथमा रहेको भन्दै शाहले बिद्यालयको गुणस्तर बृद्धीका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख अथिति रहेका माननिय शाहले शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद र सड्क निर्माणका लागि आफुले प्रदेश तथा संघिय सरकारमा पहल गरिरहेको बताए । खासगरी दुर्गम क्षेत्रमा हरेक क्षेत्रमा समस्या छ शाहले भने आफु पनि त्यसैगरी काम गरिरहेको बताए ।

भेलामा तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बीसी बिशिस्ट अथिती रहेका थिए भने समारोहमा तुर्माखाद गाउँपालिकाका पुर्व अध्यक्ष पुष्राज शर्मा, शिक्षा शाखा प्रमुख भिम बहादुर चलाउने, गाउँपालिका भित्रका वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्य, राजनीति दलका प्रतिनिधी, समाजसेवी लगायत सरोकारवाला हरुको उपस्थित रहेको थियो ।

सो अवसरमामा बिद्यालयका छात्र तर्फ प्रथम बिद्यार्थी रमेश बहादुर बिक र छात्रा तर्फ रेमुका कुमारी बुढालाई जनहि रु पन्ध्र हजारका दरले पालिका अध्यक्ष बीसील पुरस्कार प्रदान गरे । अध्यक्ष बीसीले आफनो मासिक पाउने तलव सेवा सुबधा बाट उत्कृष्ट हुने बिद्यार्थीलाई १५००० हजारका दरले ३० हजार पुरुस्कार दिएका हुन् ।