मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो सुप ईन्टरटेन्मेन्ट अर्वाड २०८० बाट एलपी शर्मा सम्मानित

दोश्रो सुप ईन्टरटेन्मेन्ट अर्वाड २०८० बाट एलपी शर्मा सम्मानित


अछाम । सर्जक तथा कलाकार लक्ष्मी प्रसाद शर्मा (एलपी) दोश्रो सुप ईन्टरटेन्मेन्ट अर्वाड २०८० बाट सम्मानित भएका छन् । सुप ईन्टरटेन्मेन्ट प्रा.ली सुदूरपश्चिमले शनिबार उनलाई सम्मान गरेको हो ।

आयोजकले एक कार्यत्रमको आयोजना गरि काली, कर्णालीको अमुल्य गहनाको रुपमा रहेको लोक, कला, संस्कृती एवंम साहित्यको विकास, संरक्षण, जर्गेना एवंम गौरव बढाउनमा महत्पूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरेको हो ।

खासगरी सुदूर तथा कर्णाली प्रदेशमा कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि शब्द सिर्जनाको माध्यमबाट म्यूजिक भिडियो लिलु मार्फत समाजमा सकरात्मक सन्देश दिएको भन्दै सम्मान गरिएको प्रमाण पत्रमा उल्लेख गरिएको छ ।

लिलुका अलवा संगसंगै, मनमा पर्यो चोट लगायतका दर्जनौँ गजल, साहित्य सृजना, कला संस्कृतीको क्षेत्रमा अनवरत पुर्याएको योग्दानको प्रशंसा गर्दै सम्मान गरिएको आयोजकले जनाएकोछ ।

अछाम जिल्लाको भागेश्वरमा जन्मिएका शर्मा पछिल्लो समय साहित्य, सिर्जना तथा कला क्षेत्रमा सक्रिय भएर लागेका छन् ।

मौलिक लोक कला, संस्कृती, भाषा, साहित्य, भेषभुषा, संरक्षण, सम्र्बद्धन एवंम प्रर्वद्धनका लागि भन्ने नाराका साथ सुप ईन्टरटेन्मेट हाउस प्रा.लीलले यस क्षेत्रमा लागेका व्यक्तीहरुलाई सम्मान र पुरस्कार प्रदान गर्दै आईरहेको छ ।