मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैटौँ साँफेबगर महोत्सवको समापन भोली, भलिबलको फाईनल पनि भोली नै

छैटौँ साँफेबगर महोत्सवको समापन भोली, भलिबलको फाईनल पनि भोली नै


अछाम । जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा आयोजना गरिएको छैटौँ साँफेबगर महात्सवको समापन भोली हुने भएको छ । आज कलाकारहरुको बिदाई मात्र गरिएको र महोत्सवको समापन भोली गरिने आयोजकले जनाएको छ ।

महोत्वसको समापन नेपाल सरकारका पूर्व मन्त्री एवंम प्रतिनिधी सभा सदस्य माननिय शेर बहादुर कँवरको प्रमुख आथित्यतामा समापन गरिने आयोजक लाईन्स क्लब अफ साँफेबगरले जनाएको छ ।

सांगितिक तर्फका प्रस्तुती आज सकिएपनि महोत्सवको समापन, सम्मान वितरण तथा पालिका स्तरिय भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरणको कार्यक्रम भोलि राखिएको आयोजक लाईन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले बताए ।

कलाकारहरुको प्रस्तुतीका कार्यक्रम आज सकिएको र महोत्सको समापन भोलि गरिने अध्यक्ष कुँवरले बताए । बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि साँफेबगरमा माघ २६ गतेबाट महोत्सव सुरु भएको थियो ।

ब्लड बैँक स्थापनार्थ भन्ने मुख्य उद्देश्य राखेर सञ्चालन भएको महोत्वको नारा ‘स्थानीय उत्पादन कला, संस्कृति खेलकुद तथा पर्यटन प्रवद्र्धन’ भन्ने रहेको थियो ।

पालिका स्तरिय भलिबलको उपाधीका लागि बुढीगंगा र मेल्लेख भिड्ने ।

छैटौँ साँफेबगर महोत्सवको अवसरमा आयोजित पालिका स्तरिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि बुढीगंगा नगरपालिका बाजुरा र मेल्लेख गाँउपालिका अछाम भिड्ने भएका छन् ।

आज भएको पहिलो सेमिफाईलन खेलमा जनप्रिय एफएम लाई पराजित गर्दै मेल्लेख गाँउपालिका फाईनलमा प्रबेश भएको थियो भने दोश्रो सेमिफाईनल खेलमा साँफेबगर नगरपालिकालाई पराजित गर्दे बुढीगंगा नगरपालिका बाजुराले फाईनलका लागि स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगितामा प्रथमले १ लाख ५१ हजार ट्रफि, मेडल रप्रमाण पत्र, दोश्रोले १ लाख १ हजार, तेश्रो दुई टिमले २५ हजार एक सय पुरस्कार, टफ्रि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

आईतबार बिहान भलिबलको फाईनल खेल हुने र खेल सकिए लगत्तै पुरस्कार वितरण संगै महोत्सव समापन गरिने बताईएको छ ।