मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्छ : पाण्डे

मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्छ : पाण्डे


अछाम । नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपहाडको विकास नै नेपालको लाइफलाइन बन्ने बताएका छन् । अछामको साँफेबगरमा आयोजित साँफेबगर महोत्सवको उद्घाटनका क्रममा उनले मध्सोय पहाडको विकाशले जनता आर्थिक स्तर समेत सुधार हुने बताएका हुन् । 

कृषि, हावापानी र पर्यटनका क्षेत्रमा नेपालको मध्यपहाड क्षेत्र ‘लाइफलाइन’ बन्ने प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पाण्डेको भनाइ थियो । “उब्जनी छ, स्वच्छ हावापानी छ, पर्यटनको क्षेत्रमा उस्तै सम्भावना छ त्यसैले देशको लागि मध्यहपाड क्षेत्र लाइफलाइन हो” पाण्डेले भने । 

यूवाहरुको सक्रियता, राज्यको लगानीले यस क्षेत्रलाई उच्च पहाड, हिमाल र तराई समेत जोड्ने मुख्य सहज माध्यम हुने उनको भनाइ छ । स्थानीय उद्यमशिलताले मात्र समाजको रुपान्तरण गर्ने भन्दै मध्यपहाड यसका लागि ठूलो खानी भएको पाण्डेको छ । 

स्थानीय उद्यमशिलता सञ्चालन गरेर भारतीय रुपियाँ र अमेरिकी डलर यही क्षेत्रमा कमाउन सकिने उनको दावी छ । मध्यपहाडको एकीकृत विकासले सडक, बिजुली, स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता भौतिक संरचना निर्माणमा सहज हुने भनाइ पाण्डेको छ । 

वयलपाटा अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाका लागि ‘स्थानीय उत्पादन कला, संस्कृति खेलकुद तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवको उदघाटन कार्यक्रममा कांग्र्ेस सुदूरपश्चिम प्रदेश सहमहामन्त्री मेघराज खड्का, जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवर, पूर्व जिल्ला विकास समिति सभापति भरत कुमार स्वाँर, साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्दै महोत्सवको उद्देश्य पुरा गर्न तर्फ सबै क्षेत्रबाट लाग्नुपर्ने बताए ।

लायन्स क्लब अफ साँफेबगरद्वारा आयोजित महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, खेलकुद प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । महोत्सव फागुन ५ गतेसम्म सञ्चालन हुनेछ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यक्ष्तामा भएको कार्यक्रमको सञ्चालन पृथ्वी कुँवरले गरेका थिए ।