मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पालिका स्तरिय भलिबलको उपाधी मेल्लेखलाई

पालिका स्तरिय भलिबलको उपाधी मेल्लेखलाई


अछाम : जिल्लाको साँफेबगरमा सम्पन्न पालिका स्तरि खुल्ला पुरुष भलिबलको उपाधी मेल्लेख गाँउपालिकाले हात पारेको छ ।
छैटौँ साँफेबगरको महोत्सवको अवसरमा आयोजना गरिएको भलिबलको फानल खेलमा बुढीगंगा नगरपालिका बाजुरालाई पराजित गर्दै मेल्लेखले उपाधी हात पारेको हो ।

आईतबार बिहान भएको फाईनल खेलको पहिलो सेट बुढीगंगाले जितेपनि त्यसपछि लगातार ३ सेट मेल्लेखले जित्दै उपाधी हात पारेको हो ।

जित संगै मेल्लेख गाँउपालिकालले १ लाख ५१ हजार, टफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बुढीगंगाले १ लाख १ हजार, टफ्रि, मेडल र प्रमाण पत्र पाएको छ ।

यस्तै तेश्रो हुने २ टिम साँफेबगर नगरपालिका र जनप्रिय एफएमले २५ हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएका छन् । खेलको अवसरमा मेल्लेखका खेलाडीले बिभिन्न नगद पुरस्कार र अन्य उपहार समेत पाएका थिए ।