मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका चारधाम मध्येको एक धाम बैद्यनाथ क्षेत्रमा १४४ बर्षपछि `कोटीहोम´

नेपालका चारधाम मध्येको एक धाम बैद्यनाथ क्षेत्रमा १४४ बर्षपछि `कोटीहोम´


अछाम : बैद्यनाथ क्षेत्रलाई नेपालका चारधाम मध्येको एक धामका रुपमा स्थापित गर्न १४४ बर्ष पछि कोटीहोम आयोजना गरिदैँछ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नंं १ मा अवस्थित बैद्यनाथ क्षेत्र स्कन्द पुराणमा नेपालका चारधाम मध्येको एक भन्ने ईतिहास भएपनि सरकारले कागजी रुपमा यसलाई मान्यता नदिएको कारण कोटीहोमको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक एवंम पूर्व मन्त्री तथा अछाम क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य माननिय शेर बहादुर कुँवरले बताए ।

पवित्र स्थल बैद्यनाथ क्षेत्र स्कन्द पुराणको मानसखण्डमा नेपालका चारधाम मध्येको एक धामका रुपमा उल्लेख भएपनि त्यसको नेपालीमा व्याख्या नभएका कारण सरकारले कागजी रुपमा धाम उल्लेख नगरेको उनले बताए ।

बैद्यनाथ क्षेत्रलाई राज्यले सुनुवाई नगरेका कारण देशको प्रमुख व्यक्ती राष्ट्रपतिलाई अछाममा निमन्त्रण गरेर कोटीहोमको उद्घाटन गर्न लागिएको संयोजक कुवँरको भनाई छ । यहि फागुन १० गते कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरि बैद्यनाथ क्षेत्रलाई देशव्यापी बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको व्यापक प्रचार गर्ने उनले बताए ।

पौराणि दृष्टिकोण र पुराणमा समेत बैद्यनाथ क्षेत्र स्पष्ट रुपमा नेपालका चारधाम मध्येको एक रहेको बैद्यनाथ बेद बिश्रामका प्राचार्य तथा कोटीहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले बताए । ग्रेटर नेपालको बौद्धिक तथा पौराणिक बिभाजनमा स्पष्ट रुपमा नेपाल ५ भागमा बिभाजन रहेको र त्यस बिभाजनमा मानसखण्ड, हिमवद् खण्ड, केदारखण्ड, जालन्दर खण्ड र किसन्दा खण्ड रहेकोमा हाल ४ खण्ड छन् ।

जसमा मानसखण्ड अन्र्तगत बैद्यनाथ क्षेत्र नेपालका अन्य ३ धाम जस्तै एक धामको रुपमा उल्लेख भएको महासचिव उपाध्यायले बताए । पशुपति क्षेत्र, मुक्तीनाथ क्षेत्र, बैद्यनाथ क्षेत्र र त्यसपछि बराह क्षेत्र धामको रुपमा रहेपनि सरकारले कागजी रुपमा बैद्यनाथ क्षेत्र घोषणा नगरी मुक्तीनाथ क्षेत्र नजिकैको रुरु क्षेत्रलाई धामको रुपमा राखिएको उनले बताए । त्यति नजिक दुई धाम हुन नसक्ने उनको भनाई छ ।

शंकराचार्यले आज भन्दा २७ सय बर्ष पहिले नै बैद्यनाथ क्षेत्रलाई नेपालका चारधाम मध्येको एक धामका रुपमा मानसखण्डमा उल्लेख गरेपनि व्याख्या नभएका कारण ओझेलमा परेको उनले बताए ।

फाुगन १० गते देखि अछाम सहित बैद्यनाथ क्षेत्र सिंगो देशको मुल केन्द्रमा रहने आयोजकको अपेक्षा छ भने जिल्लामा राष्ट्रप्रमुख आउनु र बैद्यनाथ क्षेत्रमा हुने कोटीहोमको उद्घाटन गर्नुसमेत आफैमा एक महत्वपूर्ण उपलब्धी हुने समेत अपेक्षा गरिएको छ ।

१४४ बर्ष अर्थात ढेड शताब्दी आफै एक ईतिहास भएको भन्दै संयोजक कुँवरले कोटीहोम गर्न र देख्न पाउने अहिलको पुस्ता भाग्मानी भएको बताए । बैद्यनाथ क्षेत्रको सत्यतथ्य कुरा उजागर गरी महत्वपूर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरु देखि बिभिन्न धार्मिक व्यक्तीत्वहरुलाई आमन्त्रण गरिएको छ ।

देशबासी सबैको मनमा शान्ति तुल्याउन र बैद्यनाथ क्षेत्रलाई पर्यटकको महत्वपूर्ण गन्तव्यको स्थल बनाएर अछामलाई आर्थिक समृद्धीको पाटो समेत जोडन् समेत कोटीहोमको उद्देश्य रहेको मुल आयोजक समितीका बरिष्ठ उपाध्यक्ष एवंम जिल्ला विकास समितीका पूर्व सभापती भरत कुमार स्वाँरले बताए ।

बैद्यनाथ क्षेत्र धाम रहेको भएपनि स्कन्द पुराणको मानसखण्डमा बर्णन भएको तर सरकारले यस बिषयमा गहिरो अध्ययन नगर्नु दुखद भएको साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुँवरले बताए । द्धिग्गज बिद्धानले स्वीकारेपनि तत्कालिन राजा विरेन्द्रको पालामा केही त्रुटि तथा तोडमोड भएका कारण सरकारको घोषणामा पर्न नसकेको उनले बताए ।

शिब महादेबले कैलाश भन्दा पनि आफुलाई मन पर्ने ठाँउमा बैद्यानथ क्षेत्र भएको भनेर मानसखण्डमा उल्लेख छ तर त्यतिबेला सरकार संग पहुँच नभएका कारण बैद्यनाथ क्षेत्र चारधाम मध्ये एक धामका रुपमा घोषणा नभएको कोटीहोम मुल आयोजक समितीका उपाध्यक्ष समेत रहेका पूर्व मेयर कुँवरले बताए ।

कोटीहोममा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री सासद, सुरक्षा निकायका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जनाएको छ । यस्तै जगत गुरु, बिभिन्न धार्मिक क्षेत्र, देवघाटका ३ आश्रमका पिठाधिश, मनोक्रान्तिका नायक डा. योगी विकाशानन्द लगायतलाई आमन्त्रण गरिएको र स्कन्द पुराण र शास्त्रमा बैद्यनाथका बिषयमा लेखिएका कुराको सत्य तथ्य रुपमा उजागर गर्न लगाउने हेतुले समेत आमन्त्रण गरिएको छ ।

कोटीहोम सफल पार्न १९१ सदस्यि मुल आयोजक समिती, ३७ वटा उपसमिती र ९ सदस्यि कार्य सम्पादन समिती गठन गरि काम अघि बढीरहेको आयोजकले जनाएको छ । कोटीहोममा १५५ जना ब्राहमण सहभागी हुने र १२५ जनाले दैनिक हवन गर्ने बताईएको छ ।

बेद बिश्रामलाई माध्यामिक तहमा स्तरउन्नती गरिने ।

पछिल्लो समय देशभर संस्कृती पढ्नेहरुको संख्या घटेको र संस्कृत भाषा समेत लोप भईरहेको कारण बैद्यनाथ क्षेत्रमा रहेको बेद बिश्रामलाई आयूबेर्दिक तथा माध्यामिक तहको बेद बिश्रामका रुपमा स्तर उन्नती गर्न समेत कोटीहोमको लक्ष्य रहेको छ ।