मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटीहोम अवधिभर बैद्यनाथमा एम्बुलेन्स र दम्कल स्टयाण्डबाई हुने

कोटीहोम अवधिभर बैद्यनाथमा एम्बुलेन्स र दम्कल स्टयाण्डबाई हुने


अछाम : फागुन १० देखि २५ गते शिवरात्री मेला सम्म बैद्यनाथ क्षेत्रमा हुने कोटीहोममा एम्बुलेन्स र दम्कल तयारी अवस्थामा राखिने भएको छ । नागरिकको स्वास्थ्यलाई समेत मध्यनजर गर्दै साँफेबगर नगरपालिकाको एम्बुलेन्स र मंगलसेन नगरपालिकाको दम्कल बैद्यनाथ क्षेत्रमा राखिनेछ ।

यसका साथै चौरपाटी गाँउपालिका र बयालपाटा अस्पतालको एम्बुलेन्स पनि आवश्यक्ता अनुसार प्रयोग गरिने आयोजकले जनाएको छ । कुनै पनि नागरिकलाई अप्ठेरो पर्दा वा स्वास्थ्यमा समस्या आउन सक्ने कुरालाई मध्यनजर गर्दै कोटीहोम अवधिभर प्राथमिक उपचार केन्द्र र शिबिर सञ्चालन गरिने छ ।

साँफेबगर स्वास्थ्य शाखा, बयालपाटा अस्पताल र माया मेटो अस्पतालद्धारा प्राथमिक उपचार केन्द्र र शिबिरको आयोजना गरिने कोटीहोम मुल आयोजक समितीका संयोजक शेर बहादु कुवँरले बताए ।

यस्तै कोटीहोम अवधिभर कुनै पनि आगजनी खालका अप्रिय घट्ना नहुने गरि काम अघि बढाईएको र त्यसै अनुरुप तयार पनि भईहरहेको संयोजक कुँवरको भनाई छ । त्यस्तो कुनै घट्ना भए नियन्त्रण गर्नका मंगलसेन नगरपालिकाको दमकल समेत कोटीहोम क्षेत्रमा राखिनेछ ।

यस्तै कोटीहोम अवधिभर बैद्यनाथ क्षेत्रमा सुरक्षा व्यावस्थालाई समेत मजबुद पारिने र त्यसका लागि जिल्ला सुरक्षा समितिको बैठक गरेर आवश्यक जनशक्ती परिचालन गरिने समेत मुल आयोजक समितीको तयारी रहेको छ ।