मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटीहोममा ११ हजार बढी दान गर्नेको नाम शिलालेखमा लेखिने

कोटीहोममा ११ हजार बढी दान गर्नेको नाम शिलालेखमा लेखिने


अछाम : नेपालकै पवित्र तीर्थस्थलको रुपमा रहेको वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसारको लागि १४४ बर्षपछि वैद्यनाथधाममा कोटीहोम संचालन हुदै छ |

अछामको बैद्यनाथ क्षेत्रमा हुने कोटीहोममा ११ हजार भन्दा माथि नगद दान गर्नेको नाम शिला लेखमा राखिने भएको छ ।

कोटीहोममा निर्माण भएका ५ मण्डपको बिच भागमो मुख्य मण्डपको कुण्ड नष्ट नहुने र सोही ठाँउमा स्तम्भ निर्माण गरिने आयोजकले जनाएको छ ।

सो ठाँउमामा स्तम्भ निर्माण ११ हजार बढी दान गर्नेको नामावली शिलालेखमा लेखिने र सम्मान पत्रले समेत सम्मान गरिने आयोजक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताए ।

स्तम्भ निर्माणले १४४ बर्षमा कोटिहोम भएको भन्ने ईतिहास समेत कायम रहने उनको भनाई छ ।