मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सुन्दर पश्चिम हो : राष्ट्रपति पौडेल

सुदूरपश्चिम सुन्दर पश्चिम हो : राष्ट्रपति पौडेल

बैद्यनाथ धामको विकास गर्न तिनै तहका सरकारले गुरुयोजना बनाई काम गर्नुपर्ने


अछाम : राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिम सुदूर मात्र नभई सुन्दर पश्चिम भएको बताएका छन् । अछामको बैद्यनाथमा आयोजना भएको कोटीहोमको उद्घाटन गर्दै राष्टपति पौडेलले सुदूरपश्चिम पुण्य भुमी समेत भएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले बैद्यनाथ धामलाई पर्यटकको आर्कषणको केन्द्र तथा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न तिनै तहका सरकारले बिस्तृत अध्ययन गरी गुरुयोजना बनाई काम गर्नुपर्ने बताए ।

यसको विकास, संरक्षण तथा सम्र्बद्धनको लागि तिनै तहका सरकारले आफ्नो बजेट, निति तथा कार्यक्रममा समाबेश गरि यस क्षेत्रमा पूर्वाधार निर्माण गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।

सुदूरपश्चिम ऋषिमुनिहरुले तपश्या गर्ने तपोभुमी भएको भन्दै राष्ट्रपति पौडेलले यस क्षेत्रमा बढीमालिका सहित थुप्रै देवि देवताका मन्दिरले भरिभराउ भएको उल्लेख गरे । नेपालका चार धाम मध्येको एक ऐतिहासिक धार्मिक, सांस्कृती तथा पर्यटकिय दृष्टीकोणले महत्वपूर्ण बैद्यनाथ धाममा उभिन पाउदाँ आनन्दको अनुभुती भएको राष्ट्रपति पौडेलले बताए ।

पौराणिक गन्थ्रमा बैद्यनाथ क्षेत्रको महत्वलाई सुन्दर ढंगले बर्णन गरिएको भन्दै राष्ट्रपति पौडेलले श्री बैद्यनाथ धाम कोटीहोमले लिएको सबै उद्देश्य पुरा हुने बिश्वास व्यक्त गरे । बैद्यनाथ धामलाई आर्कषण्को केन्द्र बनाएर पर्यटक भित्राउन सकिने र त्यसो हुदाँ आम्दानी र रोजगारी सृजना भई देश विकासमा सेत टेवा पुग्ने उनको भनाई थियो ।

कोटीहोम मुल आयोजक समितिका अध्यक्ष एवंम प्रतिनिधी सभा सदस्य शेर बहादुर कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेश प्रमुख देवरज जोशी, मुख्यमन्त्री कमल बहादुर शाह, पूर्व उपप्रधानमन्त्री डा. भिम रावल, प्रमुख आचार्य तथा कथा वाचक प्राध्यापक श्री भवानी प्रसाद खतिवडाले शुभकामना मन्तव्य राख्दै बैद्यनाथ धाममा आयोजना भएको कोटीहोमले यसको प्रचार प्रसार र विकासमा टेवा पुग्ने बताएका थिए । साथै देशमा शान्ति, एकता, मेलमिलापर सद्भाव समेत कायम हुने उनिहरुले बिश्वास व्यक्त गरेका छन् ।

मुल आयोजक समितकिा सह अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य पुष्पबहादुर शाहले स्वागत, प्रदेश सभा सांसद मेघराज खड्काले कोटीहोमको उद्देश्यका बारेमा जानकारी दिएका थिए । साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुँवरले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन यज्ञराज उपाध्यायले गरेका थिए ।

कार्यक्रममा भुवो, होरी, न्याउले लगायतका सांस्कृती झाँकी समेत प्रस्तुत गरिएका थिए । कोटीहोम फागुन २५ गतेशिवरात्री सम्म चल्नेछ ।